बुढानीलकण्ठ, मंसिर २६ गते । 

बुढानीलकण्ठ नगरपालिकाद्वारा संचालित अग्नि नियन्त्रण सम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ ।

नगरपालिकामा मानविय या अमानविय तरिकाले आगलागी तथा अन्य विपद भएमा सबैभन्दा पहिले जानकारी प्राप्त गर्ने र प्रतिकार्य गर्ने १ दमकल ड्राईभर सहित १७ जना नगरप्रहरीको टोलिलाई सुरक्षात्मक तरिकाले जाेखिम न्यूनिकरण गर्न अग्नि निवारण सम्बन्धी विशेष तालिम सुरु भएको थियो ।

नगर विपद व्यवस्थापन शाखाको आयोजनामा भएको तालिम मंसिर १९ गते देखि मंसिर २६ गते सम्म संचालन गरिएको थियो  ।

तालिमको समापनको दिन आज सहभागिहरुले तालिममा सिकेकका अभ्यासको प्रदर्शनी गरेका थिए । वडा नं १३ स्थित गाम्चामा संचालन भएको प्रदर्शनिमा नमुना आगो लागेको घरमा दमकल र FIRE EXTINGUISHER जस्ता अन्य औजारको प्रयोगबाट आगो नियन्त्रण तथा घाईते उद्दारको अभ्यास गरेका थिए ।

आज भएको अभ्यासको प्रत्यक्ष अवलोकन गर्न नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगर विपद व्यवस्थापन संयोजक रामकुमार रोक्का, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, प्रशासकीय अधिकृत केदार प्रसाद खड्का, विपद व्यवस्थापन शाखा प्रमुख दुर्गा कार्की, नगर प्रहरी कमाण्डर रमेश खतिवडा लगायत स्थानीयवासिहरुको उपस्थिति रहेको थियो ।

अभ्यास पश्चात सहभगिहरुलाई नगर उपप्रमुख अनिता लामाद्वारा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तालिम अन्तर्गत सहभागिहरुलाई आगलागी हुँदा अपनाउनुपर्ने सावधानी र प्रभावकारी उपाय, दुर्घटनासँगै विपदमा फेसकालाई गरिने उद्धार तथा प्राथमिक स्वास्थ्य उपचारलगायत विषयमा तालिम दिएको प्रशिक्षक उमेश शाखकर्मले जानकारी दिनुभयो ।

सहभागिलाई ‘फायर एण्ड रेस्क्यु एकेडेमी नेपाल’ का प्रशिक्षक उमेश शाखकर्मी, मधुसुधन थापा, सुजन भारती र रमतकाजी महर्जनले संयुक्तरुपमा प्रशिक्षण दिएका थिए ।

नगरपालिकामा विपदको व्यवस्थापनमा आफ्नो सफल कार्यकुशलता प्रदान गरिरहेका नगरप्रहरीको टोलिलाई यस तालिमले थप उर्जा र अनुभव प्रदान गरेको सहभागि एवं नगरप्रहरी बिमला तामाङले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय