अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसविरुद्धको अभियानको आज अन्तिम दिन बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा चित्रकला प्रदर्शनी सँगै सम्पन्न गरिएको छ।

“लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” अभियानको कार्यक्रमहरुमा आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रत्येक वडामा पोस्टर प्रदर्शनी गर्दै र बिहान ११ देखि ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा विभिन्न चित्रकलाहरुको प्रदर्शनी गरि कार्यक्रम गरिएको छ।

स्थानीय चित्रकार,विद्यार्थीहरू तथा अन्य चित्रकारहरुद्वारा समाजमा देखिने हरेक किसिमका लैङ्गिक, वर्ण, जातजाती/भाषाभाषी लगायतका हिंसा तथा दुर्व्यवहार सम्बन्धी चित्रहरू प्रस्तुतिमा राखिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय