बुढानीलकण्ठ, मंसिर २४ गते । 

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानका सन्दर्भमा बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १३ वटै वडाका १३ वटा ठाउँमा (सार्वजनिक चोक) एकै समयमा हिंसा विरुद्धका विभिन्न रचनात्मक पोष्टर प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सबै वडाले सक्रियताका साथ वडाका मुख्य चोक र सार्वजनीक स्थानहरुमा पोष्टर प्रदर्शनी गरेका थिए । कार्यक्रम मंसिर २४ गते (आज) विहान ८ः०० देखि १०ः०० बजेसम्म संचालन भएको थियो ।

नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा सबै वडामा संचालन भएको कार्यक्रममा सहभागिता जनाई कार्यक्रमको रौनक थपिएको थियो ।

कहाँ कहाँ भएको थियो पोष्टर प्रदर्शनी कार्यक्रमः

स्थान –
वडा नं. १- निलोपुल चोक, निलोपुल
वडा नं. २- नागरिकबजार
वडा नं. ३- प्रहरी प्रभाग अगाडि बुढानीलकण्ठ मन्दिर प्रस्थान मुख्य गेटसँगै
वडा नं. ४- घुम्ती चोक, पासिकोट प्रवेश स्थल (आइडिया चौतारी अगाडि)
वडा नं. ५- विष्णुमति चोक, वडा कार्यालय सँगै
वडा नं. ६- गणेश चोक, गणेश स्कूलसँगै
वडा नं. ७- हात्तीगिौंडा चोक, हात्तीगौंडा बजार
वडा नं. ८- गोल्फुटार चोक, बास्केटबल ग्राउण्डसँगै
वडा नं. ९- कुमारी मन्दिर चोक
वडा नं. १०- आकाशेधारा चोक
वडा नं. ११- अधिकारी मोड चोक
वडा नं. १२- फैकाचोक
वडा नं. १३- गाम्चा चोक

फोटो फिचरः 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय