बुढानीलकण्ठ, मंसिर २२ गते । 

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा मंसिर २२ गते नगरपालिका हलमा “किशोरिसँगको अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगर उपप्रमुख अनिता लामाद्वारा किशोरीहरुलाई हिंसा तथा दुर्व्यवहार भनेको के हो ? राम्रो छुवाई र नराम्रो छुवाइ भनेको के हो? हिंसा तथा दुर्व्यवहार कहाँकहाँ, को बाट र कसरी हुन्छ ?, हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाइन नम्बरहरु केके हुन् ? हिंसा र दुर्व्यवहारबाट कसरी सुरक्षित हुने र उपाय केके हुन सक्छन् ? भन्ने विषयमा अन्तरक्रियात्मक रुपमा जानकारी गराउदै सचेत रहने तरिका सिकाउनु भयो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका किशोरिहरु उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय