बुढानीलकण्ठ, मंसिर २२ गते ।  

उद्यमशीलता विकासको लागि बुढानीलकण्ठमा ३ महिने ढाका बुनाई तालिकको अवसर खुलेको छ ।

नगरपालिकाभित्र बसोबास गर्ने महिलाहरुका लागि उद्यमशिलता बिकासमार्फत महिला उद्यमी सिर्जना, विकास तथा प्रवर्द्धन गरी स्वरोजगारको अवसर सिर्जना गर्न आ.व. २०८०।०८१ को स्वीकृत कार्यक्रम बमोजिम ३ महिने ढाका तथा कपडा बुनाई तालिम सञ्चालन हुन लागेको हो ।

तालिममा सहभागि हुन नगरपालिकामा स्थायी बसोबास गर्ने ईच्छुक महिला दिदिबहिनिहरुले मिति २०८० पौष ४ गते भित्र आवश्यक कागजात सहित नगर कार्यपालिकाको कार्यालयमा उपस्थित भई तोकिएको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ ।

थप जानकारीको लागिः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय