बुढानीलकण्ठ, मंसिर २१ । 

बुढानीलकण्ठ नगरपालिकाको १६ दिने लैङ्गिक हिंसा विरुद्धको निरन्तर अभियान कार्यक्रम अन्तर्गत मङ्सिर २४ गते चित्रकला प्रदर्शनी हुने भएको छ ।

“लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” मूल उद्देश्यका साथ हुने चित्रकला प्रदर्शनी कार्यक्रममा विभिन्न किसिमका लैङ्गिक विभेदको अन्त्य तथा समाजमा हुने विभिन्न किसिमका जाती, लिङ्ग, रङ्ग जस्ता विभेदका विषयहरुको उठान गर्ने किसिमका चित्रकलाहरुको प्रदर्शनी रहनेछ ।

यसमा सहभागी हुन चाहने चीत्रकारहरुलाई विभिन्न शर्तहरु पालना गरि प्रदर्शनीमा सहभागी हुन नगरपालिकाले आव्हान गरेको छ ।

चीत्रमा लैङ्गिक हिंसा विरुद्ध सचेतता दिने भाव झल्कनु पर्ने नगरपालिकाले जनाएको छ ।

चीत्रकार स्वयं प्रदर्शनीमा उपस्थित हुनुपर्ने लगाएतका शर्त पूरा गर्नु पर्ने छ ।

चीत्र बुझाउने अन्तिम मिति २०८० मंसिर २२ गते कार्यलय समयमा बुझाउनु पर्ने छ ।

चीत्रकला प्रदर्शनी कार्यक्रम मिति २०८० मँसीर २४ गते आईतवार हुने पालीकाले जनाएकाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय