बूढानीलकण्ठ, मंसिर २१ गते ।
सामाजिक भत्ता वितरण प्रक्रियालाई सरल, सहज, वैज्ञानिक, पारदर्शी, जवाफदेही र त्रुटिरहित बनाउनका निम्ति विवरण संकलनको लागि नगरपालिकाले अनुरोध गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पत्रानुसार सामाजिक सुरक्षा ऐन, २०७५, सामाजिक सुरक्षा नियमावली २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ बमोजिम सामाजिक भत्ता वितरण प्रक्रियालाई सरल, सहज, वैज्ञानिक, पारदर्शी, जवाफदेही र त्रुटिरहित बनाउनका लागि लाभग्राहीको विवरण उपलब्ध गराउनुहुन सम्बन्धीत सबैमा नगरपालिकाले अनुरोध गरेको हो ।
आवश्यक विवरणः
१. १६ वर्ष भन्दामाथिका व्यक्तिलाई नयाँ लाभग्राहीको रुपमा प्रणालीमा विवरण प्रविष्ट गर्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकोले राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध नगरेका लाभग्राहीले बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिसकेपछि मात्र वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ताको निवेदन दिनुहुन अनुरोध छ ।
२. सामाजिक सुरक्षा भत्ता आ.व. २०८०/८१ को दोश्रो त्रैमासिक देखि EFT मार्फत सम्बन्धित लाभग्राहीको बैंक खातामा जम्मा हुने भएकोले वडा कार्यालयमार्फत सामाजिक सुरक्षाको लाभग्राही परिचयपत्र लिई सम्वन्धित वडा कार्यालयको भत्ता वितरणको लागि सम्झौता भएको बैंकमा खाता खोली वडा कार्यालय वा नगरपालिकाको सामाजिक सुरक्षा तथा पन्नीकरण शाखामा बैंक चेकको फोटोकपी उपलब्ध गर्न गराउनुहुन अनुरोध छ ।
थप जानकारीको लागीः