बुढानीलकण्ठ, मंसिर २१ गते । 

बुढानीलकण्ठ नगरपालिकाद्वारा नगरप्रहरीहरूलाई अग्नि नियन्त्रण सम्बन्धी ६ दिने तालिम दिइएकाे छ ।

नगरपालिकामा मानविय या अमानविय तरिकाले आगलागी तथा अन्य विपद भएमा सबैभन्दा पहिले जानकारी प्राप्त गर्ने र प्रतिकार्य गर्ने १ दमकल ड्राईभर सहित १७ जना नगरप्रहरीको टोलिलाई सुरक्षात्मक तरिकाले जाेखिम न्यूनिकरण गर्न अग्नि निवारण सम्बन्धी विशेष तालिम सुरु भएको हो । मंसिर १९ गते बाट सुरुभएको तालिम बुढानीलकण्ठ नगरपालिका प्रशासनीक भवन प्राङ्गणमा बिहान ७ बजे देखि १० बजे सम्म संचालन भईरहेको छ ।

सहभागिलाई ‘फायर एण्ड रेस्क्यु एकेडेमी नेपाल’ का प्रशिक्षक उमेश शाखकर्मी, मधुसुधन थापा, सुजन भारती र रमतकाजी महर्जनले संयुक्तरुपमा प्रशिक्षण दिई रहनुभएको छ ।

तालिम अन्तर्गत सहभागिहरुलाई आगलागी हुँदा अपनाउनुपर्ने सावधानी र प्रभावकारी उपाय, दुर्घटनासँगै विपदमा फेसकालाई गरिने उद्धार तथा प्राथमिक स्वास्थ्य उपचारलगायत विषयमा तालिम दिएको प्रशिक्षक उमेश शाखकर्मले जानकारी दिनुभयो ।

तालिममा दमकल संचालन, FIRE EXTINGUISHER लगयात उद्दारका विभिन्न उपायबारे फिल्ड ड्रिल गराईएको छ ।

नगरपालिकामा विपदको व्यवस्थापनमा आफ्नो सफल कार्यकुशलता प्रदान गरिरहेका नगरप्रहरीको टोलिलाई यस तालिमले थप उर्जा र अनुभव प्रदान गर्ने छ भन्ने विपद व्यवस्थापन शाखाको बुझाई छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय