बुढानीलकण्ठ, मंसिर २० गते ।
बुढानीलकण्ठ नगरपालिकामा व्यवसाय दर्ता/नविकरण सम्बन्धी सचेतना तथा विवरण सङ्कलन लागि घरदैलो अभियान सुरु भएको छ ।
नगर प्रमुख मिठाराम अधिकारीद्वारा अभियानको मंसिर २० गते (आज) सबै वडाबाट सुरु हुने गरी शुभारम्भ भएको हो ।
अभियान अन्तरगत प्रत्येक वडाका जनप्रतिनिधी सहित वडा सचिव र कर्मचारीहरु आ-आफ्नो वडाको व्यवसाय, कलकारखाना तथा उद्योगमा गई व्यवसाय दर्ता तथा नविकरणको अवस्थाबारे विवरण संकलन गरी कर र व्यवसाय दर्ताबारे सचेतनामुलक सन्देश दिईने नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिनुभयो ।
“अद्यावधिक भएका व्यवसायहरुलाई धन्यवाद दिँदै दर्ता नभएका र नविकरण नगरेका व्यवसायहरुलाई शिध्र आवश्यक प्रक्रिया पुरा गर्नका लागि अनुरोध गरेका छौँ”, उहाँले जोड्नुभयो ।
यसरी विवरण सङ्कलन गर्न आउनुभएका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सहि-सत्य विवरण दिनुहुन उहाँले अनुरोध गर्नु भएको छ ।
अभियान २०८० मंसिर २० गते बाट सुरु भई पौष १३ गते सम्म निरन्तर संचालन हुने छ ।
व्यवसाय कर र नविकरणबारे कुनै सूचना आवश्यक परेमा नगरपालिकामा भर्खरै स्थापना भएको करदाता सहायता कक्षमा प्रत्यक्ष जिज्ञासा वा प्रश्न राख्नसकिने छ ।