बुढानीलकण्ठ, मंसिर १६ गते । 

बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

बुढानीलकण्ठ नगर स्थापना दिवसको अवसर पारेर मंसिर १६ गते आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा नगरपालिकाको बढी कर तिर्ने करदाताहरुलाई नगर प्रमुख मिठाराम अधिकारीले सम्मान गर्नुभएको हो । नगर स्तरीय र वडा स्तरियका संस्था, महिला तथा पुरुष गरी विभिन्न ३ विधामा करदाताहरुलाई सम्मान गरिएको छ ।

नगरपालिका भरिकै उत्कृष्ठ करतिर्ने संस्था तर्फ वडा नं ०९ मा अवस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्यम्स) लाई सम्मान गरिएको छ भने
महिला तर्फ वडा नं ११ की डोल्मा याकी तथा पुरुष तर्फ वडा नं ०९ का विजय सम्वाहाम्फे सम्मानित भएका छन् ।

यस्तै वडागत रुपमा उत्कृष्ठ कर तिर्ने हरेक वडाका एक संस्था, १ महिला र १ पुरुषलाई सम्मान गरिएको छ ।

हर्नुहोस पुरा विवरणः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय