बुढानीलकण्ठ, कात्तिक २२ गते ।
बुढानीलकण्ठ नगरपालिकामा कात्तिक २५ गते शनिबार स्थानीय/ रैथाने कृषि उपज हाटबजार (मेला) २०८० विशेष कार्यक्रम हुन लागेको छ ।
नगरपालिकाभित्रै उत्पादित कृषि उपजहरुलाई नगरपालिका भित्रै बिक्रि वितरण तथा उपभोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्य सहित विशेष मेला आयोजना हुन लागेको हो ।
रैथाने एग्री प्रोडक्ट्स नेपालसँगको सहकार्यमा हुने उक्त कृषि मेला शनिबार बिहान ७ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको अवलोकनको लागि पूर्वराष्ट्रपति सम्माननिय विद्यादेवि भण्डारी लगायत अन्य विशिष्ट व्यक्तित्वहरु आउन लागेको नगरपालिकाले जानकारी दिएको छ ।
मेलाको तयारीको लागि प्रारम्भिक रुपमा विभिन्न सम्बन्धीत किसान, व्यवशायी लगायत उपभोक्ताहरु सँग छलफल भइरहेको छ । छलफल अन्तरगत आज नगरपालिकाभित्र कृषि उपज, फलफुल, तरकारी लगायत विविध खाद्यान्न सामाग्री उत्पादनमा संलग्न कृषि व्यवसायीहरु सँग छलफल भएको थियो ।