बुढानीलकण्ठ, कार्तिक १३ गते ।
सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा घुम्ती सेवा मार्फत कार्तिक १४ गते खाद्यान्न सामाग्रि बिक्रि वितरण गर्न लागेको छ ।
चाडवाड लक्षित गर्दै साल्ट ट्रेडिङको सुपथ मुल्य घुम्ती सेवा कार्तिक १४ गते (मंगलबार) बुढानीलकण्ठ कार्यालय परिसरमा आउनलागेको नगरपालिकाले जनाएको छ ।
घुम्ती सेवामा चामल, नुन, चिनि, तेल, घिउ, पिठो, गेडागुडी लगायतका खाद्य सामाग्रीहरु सुपध मुल्यमा बिक्रि हुने भएकोले सम्पुर्ण नगरवासीलाई आवश्यक सामान खरिद गरी सेवाको लाभ लिनुहुन नगर प्रमुख मिठाराम अधिकारीले अनुरोध गर्नुभएको छ ।
घुम्ती सेवा कार्तिक १४ गते मंगलबार बिहान १२ः०० बजे देखि बेलुकी ४ः०० बजे सम्म संचालन हुन्छ ।