बुढानिलकण्ठ, कार्तिक ०१ गते ।
बुढानीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरु बिच सामाजिक रुपान्तरण र महिला जनप्रतिनिधि विषय माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाभित्रका प्रत्येक वडाका महिला जनप्रतिनिधीहरुको उपस्थितिमा भएको कार्यक्रममा स्थानीय तहबाट प्रदान गरिने विविध सेवाहरुलाई प्रभावकारी बनाउन तथा नगरवासी तथा नगरपालिकामा आफूले पाएका जिम्मेवारीहरुलाई अझै उपलब्धिमूलक बनाउनका लागि विविध विषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
आफ्नो वडा तथा नगरपालिकामा प्रभावकारी भुमिका निर्वाह गर्नका लागि प्रत्येक व्यक्तिको सामाजिक/ सांस्कृतिक आदत तथा आचरणहरु समेत रुपान्तरित हुँदै रुपान्तरित नेतृत्व स्थापित गर्न जरुरी भइसकेको विषयमा तरङ्गिणी फाउण्डेसनका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रम नगर उपप्रमुख अनिता लामाको संयोजकत्वमा बुढानीलकण्ठ नगरपालिकाको महिला तथा बालबालिका शाखा तथा तरङ्गिणी फाउण्डेसनको सहकार्यमा भएको हो ।