बुढानीलकण्ठ, असोज २६ गते ।

बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखामा कार्यरत शाखा अधिकृत एवं पशु चिकित्सक काजि बहादुर श्रेष्ठलाई असोज २६ गते  बूढानीलकण्ठ नगरपालिकाबाट स-सम्मान बिधाई गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा ६ वर्ष देखि शाखा प्रमुखको रुपमा कार्यरत श्रेष्ठ निजामति सेवा बाट बिधिवत रुपमा निवृत्त भए सँगै नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्याल लगायत विभिन्न महाशाखा/शाखा प्रमुख एवं कर्मचारीहरुले सम्मान सहित बिधाई गर्नु भएको हो।

वि.सं. २०३९ फागुन बाट अनवरत निजामति सेवामा लाग्नुभएका श्रेष्ठले २०७४ साल भदौ ०१ गतेबाट नगरपालिकामा शाखा प्रमुख एवं पशु चिकित्सकको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । श्रेष्ठले यस अवधिभर नगरको पशु सेवा तथा कृषि विकासमा उदाहरणिय योगदान दिनुभएको छ ।

श्रेष्ठकै संयोजक्त्वमा बूढानीलकण्ठको नगर कृषि तथा पशुपंक्षी नीति तयार भई कार्यन्वयनको चरणमा छ । नीति २०८० असोज २५ गते (हिजो) मात्रै सार्वजनीकरण गरिएको थियो ।

यस्तै श्रेष्ठको नेतृत्वमा रहेको पशु सेवा शाखाबाट  १५ ओटा गाई गोठमा मिल्किङ मेसिन जडान, कृषि हाटबजारको सुरुवात, काउम्याट वितरण, वोयर बोका वितरण, विरामी भई थला परेका गाई भैसि उठाउन प्रयोग हुने ‘काउ लिफ्टिङ’ मेसिन खरिद, सामुदायिक कुकुर-बिरालोलाई निःशुल्क रेविज खोप अभियान जस्ता उदाहरणिय कार्यहरु भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय