बूढानीलकण्ठ, असोज २१ गते । 

बूढानीलकण्ठ नगरपालिका वडा नं ०४ मा बजार अनुगमन भएको छ ।

नगर बजार अनुगमन समिति संयोजक अनिता लामा नेतृत्वमा निसकेको बजार अनुगमन टोलिले वडा नं ०४ कार्यालय क्षेत्र देखि श्रीराम चोक, पासिकोट हुँदै गोलडेन चोक र पासिकोट फुटसल क्षेत्र आसपासको व्यवसायहरुमा अनुगमन गरेको हो ।

बिहान ८ बजे निस्केको अनुगमन टोलिले उक्त क्षेत्रका पसल, मार्ट, क्याफे, कपडा पसल, सुनचाँदि,फर्निचर लगायत मेडिकल, पोलिक्ल्निकहरुको अवस्था, उपर्युक्त मुल्य र खाद्य वस्तुहरुको गुणस्तर अनुगमन गरेको थियो ।

आज गएको अनुगमन टोलिले पासिकोटमा रहेका २ वटा अव्यवस्थित मेडिकल र ल्याब बन्द गरेका छन् ।

अनुगमन सदस्य एवं जनस्वास्थ्य अधिकृत जिवन शर्माका अनुसार बन्द भएको मध्य एक मेडिकलले ल्याब टेष्टको नाममा बिरामी सँग शुल्क लिएको तर ल्याबको अवस्था हेर्दा कुनै पनि उपकरणहरु चल्ने स्थितिमा नरहेको पाइएको थियो । उहाँले जोड्नुभयो, “उक्त मेडिकल संचालक सँग लाईसेन्स, अनुमती-पत्र जस्ता आवश्यक कागजात नभएका कारण हामिले प्रक्रिया पुरा नगरुन्जेल सम्मका लागी बन्द गर्न लगाएका हौँ” ।

यस्तै गोल्डेक चोक स्थित अर्को प्याथोलोजि ल्याबमा म्याद नाघेको लाईसेन्सको आधारले ल्याब टेष्ट सञ्चालन गरिरहेको पाईएको थियो । उक्त ल्याब टेक्निसियनलाई लाईसेन्स नविकरण गरे पछि मात्र ल्याब संचालन गर्न निर्देशन दईएको छ ।

यस्तै अनुगमनको क्रममा कर नतिरेका अन्य व्यवसायहरुलाई ३ दिन भित्र सम्बन्धीत निकायमा गई प्रकृया अनुसार राजश्व तिर्न र दर्ता नभएकालाई दर्ता गर्न निर्देशन दिईएको छ । साथै सरसफाई र मुल्य सुचिमा पनि विशेष ख्याल राख्न सबैमा अनुरोध गरिएको छ ।

आज भएको अनुगमनमा अनुमगनमा नगर उपप्रमुख अनिता लामा सहित, वडा सदस्य पवन कार्की, वडा सदस्य कृष्ण खत्री, सदस्य सुमिता खड्का, सदस्य मञ्जु परियार ,अनुगमन समिति सदस्य सचिव अच्युत खड्का, प्रशासन अधिकृत राजकुमार थापा, जनस्वास्थ्य अधिकृत जिवन शर्मा, पशु सेवा शाखा अधिकृत ओम कुमारी गुरुङ , कृषी शाखा प्राविधिक ज्ञानी पौडेल, नगर प्रहरी ईन्चार्ज रमेश खतिवडा लगयात नेपाल प्रहरी, नगर प्रहरी र वडा नं ०४ का स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय