बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिले आज मिति २०८० असोज १८ गते बिहिबारदेखी मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम सुरु गरेको छ ।
बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक अनिता लामाको अध्यक्षतामा आज उद्घाटन समारोह आयोजना गरि उक्त तालिमको सुरुवात गरिएको हो ।
आजबाट सुरु भएको तालिम वडा नं ०७ गणेश चोक स्थित पिकोलो ईभेन्टस् हल मा संचालन भईरहेको छ ।
नगरपालिकाभित्रका विभिन्न वडाहरुबाट छनोट भई आएका ३१ जना प्रशिक्षार्थीहरु सो मेलमिलाप सम्बन्धी आधारभूत तालिमबाट लाभान्वित हुनेछन् ।
न्यायिक समितिको व्यवस्थापन तथा नेपाल मेलमिलापकर्ता समाजसँगको सहकार्य तथा सहजिकरणमा हुने उक्त तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई स्थानीय तहमार्फत प्रदान गरिने न्यायिक तथा मेलमिलाप सम्बन्धी तालिम प्रदान गरिनेछ ।
आज भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता, नेपाल मेलमिलापकर्ता समाजका मुख्य प्रशिक्षक अधिवक्ता श्री रामकृष्ण काफ्ले ,नेपाल मेलमिलापकर्ता समाजका महासचिव अधिवक्ता सरस्वती श्रेष्ठ , बुढानीलकण्ठ नगरपालिका न्यायिक समितिका सदस्य सावित्री ढकाल (भट्टराई), बुढानीलकण्ठ नगरपालिका न्यायिक समितिका सदस्य विकास तामाङ लामा, बुढानीलकण्ठ नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता पुण्य प्रसाद काफ्ले, महाशाखा तथा शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।