बूढानीलकण्ठ, असोज १८ गते ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको चालू आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वागमती प्रदेश भित्रका १३ जना महिला उद्यमीहरुलाई प्रविधि सहयोग स्वरुप बिउ पूँजी उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
महिला उद्यमशीलता विकास वित्तीय पहुँच, टेवा पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०७७ को दफा ४ बमोजिम इच्छुक महिला उद्यमीहरुले असोज २५ गते भित्र प्रविधि सहयोगका लागि सम्बन्धीत स्थानीय तहमा आवश्यक बमोजिमका कागजात सहित निवेदन दिनुहुन नगरपालिकाले अपिल गरेको छ ।
निवेदन नगरपालिका उद्योग तथा पर्यटन शाखामा पेश गर्नुपर्ने नगरपालिकाले जानाएको छ ।
आवश्यक कागजातः
महिला उद्यमी र महिला उद्यमी समूहले कार्यविधिको अनुसूचि १ को ढाँचा बमोजिमको निवेदन साथ पेस गर्नुपर्ने कागजातहरुः
१. उद्योग व्यवसाय दर्ता वा नवीकरणको प्रमाणपत्र
२. स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र
३. कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्र
४. आवश्यकता अनुसार व्यावसायिक इजाजतपत्र
५. व्यावसायिक योजना
६. माग गरेको प्रविधि र सो प्रविधिको क्षमता ।
महिला उद्यमशीलता विकास वित्तीय पहुँच टेवा पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ मन्त्रालयको वेभसाइट www.mosd bagamati.gov.np मा हेर्न सकिन्छ ।