बूढानीलकण्ठ, असोज १६ गते ।

बूढानीलकण्ठ नगरपालिकाबाट प्रदान हुने ज्येष्ठ नागरिक परिचय पत्र डिजिटाइज्ड (हस्तलिखित नभइ, कम्प्युटराइज्ड) भएको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसर पारेर असोज १५ गतेबाट परिचयपत्र वितरण सुरु भएको हो ।

सोहि अवसरमा नगरपालिकामा परिचय पत्र लिन आउनुभएका ज्येष्ठ नागरिकहरुलाई गँहुको सातु सहित नगरप उपप्रमुख अनिता लामाले सम्मान गर्नुभएको थियो ।

सोहि दिन ९५ वर्ष कटेका ज्येष्ठ नागरिक दिवसमा ९५ वर्ष उमेर भन्दा माथिका ज्येष्ठ आमाबुवालाई घरमै चिकित्सक सेवा सहित नगरप्रमुख, उपप्रमुख, सम्बन्धीत वडाध्यक्ष, सदस्य सहित भेटघाट गरि शुभाशिष् लिने कार्यको आज शुभारम्भ भएको छ ।

ज्येष्ठ नागरिक उत्सवका रूपमा यो कार्य केही समयसम्म सञ्चालन हुने नगर उपप्रुखले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय