बूढानीलकण्ठ, असोज १४ गते ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा बालबालिकाको लागी ‘चिल्ड्रेन फेस्ट’ कार्यक्रम संचालन गरेको छ ।

वडा नं १० र वडा नं १० बाल क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा वडामा रहेका विभिन्न विद्यालयका बालबालिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेस्ट को प्रमूख आकर्षण भने बालबालिकाद्वारा निर्मित विभिन्न रोवोटिक्स मेसिन, वैज्ञानीक डिजाईन लगायत नृत्य तथा प्रस्तुति रहेको थियो ।

फैस्टको औपचारीक कार्यक्रमको अध्यक्षता नगर प्रवक्ता एवं वडा अध्यक्ष नवराज भट्टराई हुनुहुन्थ्यो भने, विशिष्ट अतिथिको रुपमा बागमति प्रदेश माननिय जयराम थापा र नगर प्रमुख मीठाराम अधिकारी उपस्थित हुनुहुन्थ्यो । यस्तै अतिथिको रुपमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक/शिक्षिका, अभिभावक लगायत विद्यार्थिहरु थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भट्टराईले बालबालिकाको सर्वाेत्तम हितका लागी यस कार्यक्रम संचालन गरेको बताउनुभयो ।

“वडामा रहेका बालबालिकाको विचार र भावनाको कदर स्वरुप उनिहरुको कला, क्षमता, रचना र आविस्कारलाई सम्बोधन गर्दै फेस्ट मार्फत बाल अधिकारको सुनिश्चितता गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको उहाँले जोड्नुभयो ।

सोहि कार्यक्रम मार्फत चाईल्ड फेस्ट कार्यक्रम संयोजक नगर युवा परिषद् सदस्य एवं बाल क्लब अध्यक्ष नेहा गुरुङलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा यस किसिमका गतिविधिलाई वडा नं १० र वडा नं १० बाल क्लबको सहकार्यमा क्यालेन्डर तालिका बनाई क्रमश संचालन गर्दै लैजानले भट्टराईले जानकारी दिनुभएको छ ।

यस्तै कार्यक्रममा उपस्थित बागमति प्रदेश माननीय जयराम थापाले बाल अधिकारको भर्पुर सदुपयोग गर्दै बालबालिकाको उच्चतम क्षमता वृद्धिको लागी योजना बनाउन पर्ने विषयमा जोड दिनुभएको छ । उहाँले त्यस किसिमका योजनाहरुमा प्रदेश सरकारबाट गर्न सकिने सम्भावित सहकार्यका भुमिकामा आफुले समन्वय गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित नगरप्रमुख मिठाराम अधिकारीले बालबालिका र विद्यार्थी लक्षित नगरपालिकामा संचालन भएका र भईरहेका योजना तथा कार्यक्रमहरुको उदाहरण दिँदै बाल हित र संरक्षणमा नगरपालिका सक्रिय रहेको जानकारी दिनुभएको छ ।

नगरपालिकाले २०८०/८१ लाई शैक्षिक उन्नयन वर्षको रुपमा घोषणा गरेकको हुनाले यस वर्षको निति तथा कार्यक्रममा बालबालिका लक्षित थुप्रै कार्यक्रमहरु समावेश गरिएको उहाँले जानकारी दिनुभयो । यस शैक्षिक उन्नयन वर्षलाई सफल बनाउनका लागी बालबालिका प्रत्यक्ष रुपमा सहभागी भई बाल अधिकारको सहि सदुपयोग गर्नुहुन उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ ।

 

फेस्टको औपचारीक कार्यक्रम पश्चात बालबालिकाहरुले आफ्नो नृत्य तथा साहित्य प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय