बूढानीलकण्ठ, असोज ११ गते । 

“रेबिज नियन्त्रण, एक स्वास्थ्य एक गन्त्व्य” भन्ने मुल नाराका साथ बूढानीलकण्ठमा विश्व रेबिज दिवस मनाइएको छ ।

विश्व रेबिज दिवसको अवसरमा नगर पशु सेवा शाखाद्वारा असाेज ०४ गते देखि १० गते सम्म घरपालुवा तथा सडक सामुदायिक कुकुर बिरालाेहरूलाइ निःशुल्क खाेप लगाउने अभियान/सप्ताह सुरु भएको थियो ।

सप्ताहको अन्तिम दिन असोज ११ गते (आज ) पशु सेवा शाखाबाट वृहत प्रभातफेरी आयोजना भएको छ । प्रभातफेरी पशु सेवा शाखा, चपली घुम्तीबाट सुरु भई नारायणस्थान मंदिर परिक्रमा गर्दै पुनः शाखामै विश्राम भएको थियो ।

प्रभातफेरीमा  नगरपालिका उपप्रमुख अनिता लामा सहित, वडा नं ०६ अध्यक्ष रवि खड्का, वडा नं ०७ अध्यक्ष वस नारायण महर्जन, वडा नं ०३ सदस्य बालमाया श्रेष्ठ, वडा नं ०३ सदस्य सुशिला रम्तेल, पशु सेवा विभाग डा.सुहेल के.सी., डा. विनोद सञ्जेल, डा. सिकेश मानन्धर, डा. विकेश कुमार राउत, नगर पशु सेवा शाखा प्रमुख काजि बहादुर श्रेष्ठ, लगायत पशु सेवा शाखा कर्मचारी, पशु सेवा अभियान्ता र नगर प्रहरीहरु उपस्थित थिए । 

शाखा प्रमुख काजि बहादुर श्रेष्ठको संयोजक्तवमा संचालन भएको रेबिज सप्ताह अन्तरगत नगरपालिकाको १३ वटै वडामा रेबिज विरुद्धको खोप शिविर संचालन भएको शाखाले जनाएको छ । अभियानमा १२६५ वटा सामुदायिक कुकुर र विरालोहरुलाई रेबिज विरुद्धको खोप लगाएको उहाँले जानकारी दिनुभयो ।

प्राणघातक रेबिज रोगको उन्मुलन गर्दै रेबिजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा नगरपालिका जागरुक भएको जानकारी गराउदै उपप्रमुख अनिता लामाले पशु सेवा शाखाको समन्वयमा नगरपालिकामा रहेका सामुदायिक कुकुर र विरालोको व्यवस्थापन र रोकथाम गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय