बूढानीलकण्ठ, असोज ०५ गते ।
बूढानीलकण्ठ नगरपालिकामा एकैदिन ४ वटा कार्यशाला संचालन भएको छ । वडा नं १० को आयोजना र विभिन्न विद्यालय तथा संघ संस्थाको समन्वयमा असोज ०५ गते छुट्टा छुट्टै स्थलमा रोबोटिक्स, नृत्य, वक्तृत्वकला/क्षमता विकास र हस्तकला सम्बन्धी कार्यशाला संचालन भएको थियो ।
नगरप्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराईका अनुसार कार्यशाला विशेषगरी विद्यार्थिहरुको क्षमता विकास गर्ने उद्देश्यले संचालन भएको हो । विद्यार्थि एवं युवा वर्गलाई मध्यनजर गरि संचालन भएको यस कार्यक्रममा २१८ जनाले प्रत्यक्ष सहभागीता जनाएका थिए ।
दिउँसो १ बजे बाट विभिन्न ४ स्थल; वडा कार्यालय सभाहल, डाफोडिल बोर्डिङ्ग स्कुल, रिलायन्स पब्लिक स्कुल र जोसेफ हाई स्कुलमा कार्यशालाहरु संचालन भएका थिए ।
नगर युवा परिषद् सदस्य एवं कार्यशाला संयोजक नेहा गुरुङका अनुसार रोबोटिक्स कार्यशाला डाफोडिलमा संचालन भएको थियो भने हस्तकला कार्यशाला वडा सभाहलमा, नृत्य कार्यशाला रिलायन्स पब्लिक स्कुलमा र वक्तृत्वकला/क्षमता विकास कार्यशाला जोशेफ स्कुलमा संचालन भएको थियो ।
रोबोटिक्स कार्यशालाको लागी समन्वय भुमिकामा रोबोटिक्स एसोसिएसन अफ नेपालका प्रशिक्षकहरु थिए । उक्त कार्यशालामा विभिन्न १० वटा विद्यालयबाट ३९ जनाले प्रशिक्षण लिएका छन् ।
यसैगरी कलाकार मनिशा साहले विभिन्न १० विद्यालयका ५७ जनालाई हस्तकला सम्बन्धी कार्यशाला संचालन गर्नुभएको थियो ।
नृत्य कार्यशाला कोरियोग्राफर राजु श्रेष्ठले संचालन गर्नुभयो जसमा विभिन्न ११ विद्यालयका ७७ जनाले नृत्य सम्बन्धी प्रशिक्षण पाएका थिए ।
यस्तै वक्तृत्वकला/क्षमता विकासको शत्र कर्पोरेट प्रशिक्षक एवं एच.आर. कन्सल्टेन्ट पुजा डंगोलले संचालन गर्नुभएको थियो । यसमा १२ वटा विद्यालयका ५१ जना विद्यार्थिहरु सहभागि भएका थिए ।