बूढानीलकण्ठ, असोज ०२ गते ।

बूढानीलकण्ठ नगरपालिकामा अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान सुरु भएको छ । अव्यवस्थित रुपमा राखिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र विपदको जोखिम बढेको कारण नगरपालिकाको संयोजक्त्वमा टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम आजबाट सुरु भएको हो ।

अभियानको पहिलो चरणमा बूढानीलकण्ठ र काठमाडौं महानगरको सिमाना क्षेत्र वाँसबारी न्युरो अस्पताल गेट देखी बूढानीलकण्ठ मंदिर मूख्य सडक सम्म केबल तार व्यवस्थापन कार्य सुरु भएको नगरपालिका प्रमुख मिठाराम अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच भदौ २१ गते बसेको बैठकले असोज ०२ गते मंगलबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

अभियानमा तार व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम,इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान), नेपाल प्रहरी र नगर प्रहरी समेत सहभागी भएका छन् । सरोकारवाला सबैको सहभागितामा तार व्यवस्थापनको बारम्बारको समस्या समाधान गर्ने प्रयास गर्न थालिएको नगर विपद व्यवस्थापन समिति संयोजक एवं अभियान संयोजक रामकुमार रोक्काले बताउनुभयो ।

यस कार्यमा तार काट्ने तथा व्यवस्थापन गर्न खटिएका कर्मचारीहरुलाई आवश्यक सुरक्षा उपकरण, औजार तथा नगरपालिकाको नाम र लोगो राखिएको टि-सर्ट समेत प्रदान गरिएको छ ।

अभियानको पहिलो चरण पश्चात दोस्रो चरणमा वडा नं ०८, ०९, १०, ११ र १२ मा काम सुरु हुने संयोजक रोक्काले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय