बूढानीलकण्ठ, भदौ ३१ गते ।
बूढानीलकण्ठ शैक्षिक मञ्चले बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्य, समन्वयमा भदौ ३० गते चौथो नगरस्तरीय विद्यालय तीज नृत्य प्रतियोगिताको आयोजना गर्यो ।
बूढानीलकण्ठ नगरपालिकाभित्रका ३३ वटा विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा हेल्लो किड्स एकेडेमी प्रथम, फ्युजन एकेडेमी दोस्रो र हिमालयन बोर्डिङ्ग स्कूल तेस्रो भए ।
कार्यक्रमको समुद्घाटन गर्दै नगरउपप्रमुख अनिता लामाले तिजको सौन्दर्यता र एकतालाई महिलाहरुले ठाउँ ठाउँबाट उठाएको कारणले तिज धर्म विशेष भन्दा पनि माथि राष्ट्रिय संस्कृति बनिसकेको र मुलुक यतिबेला राष्ट्रिय संस्कृति निर्माण गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने ध्येयमा जुटीरहेको अवस्थामा तिज संस्कृतिको असल पक्षहरुलाई थप उजागर गर्दै लैजानुपर्ने बताउनुभयो ।
तिज संस्कृति र पर्वको नाममा विद्यार्थीहरुलाई प्रत्यक्ष अनुभव र अभ्यास गराउँदै रचनात्मक उर्जा र प्रतिभालाई उजागर गर्न यस्तो कार्यक्रम आयोजना गरेकोमा बूढानीलकण्ठ शैक्षिक मञ्चलाई धन्यवाद दिनुभयो ।
विजयी टीमलाई ट्रफी, तक्मा र प्रमाणपत्र तथा सहभागी सबै विद्यार्थी एवं विद्यालय तथा कोरियोग्राफरलाई प्रमाणपत्र नगरप्रमुख मिठाराम अधिकारीले प्रदान गर्नुभयो र कार्यक्रमको प्रशंसा गर्नुहुँदै नगरपालिकाभित्र धेरै प्रतिभावान विद्यार्थीहरु रहेको र उनिहरुको प्रतिभालाई थप विकसित गर्दै लैजान नगरपालिका तयार भएको बताउनुभयो ।
तिज राम्रो भएकोले सबैले मनपराउने तर यसले ल्याउनसक्ने विकृत कुराहरुलाई हामीले सचेत हुनुपर्ने बताउनुभयो । बूढानीलकण्ठ नगरपालिकाभित्रका सबै विद्यालयहरु समेटीएको एक साझा मञ्चको रूपमा सक्रिय रहेको यसको अध्यक्ष कृष्ण प्रसाद लामिछाने हुनुहुन्छ ।