बूढानीलकण्ठ, भदौ २० गते ।

बूढानीलकण्ठ नगरपालिकामा विद्यालय स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ ।

शिक्षा र अनुसन्धानमा विशेष योगदान पुर्याउदै आएको CERIN संस्थाको आयोजनामा भदौ २० गते बाट वडा नं. १३ स्थित भद्रकाली फुटसल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नगर भित्रका ५० वटा विद्यालयहरु सहभागी छन् ।

प्रतियोगिताको आज नगर प्रवक्ता नवराज भट्टराई र वडा नं ०२ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

नकआउट चरणमा हुने प्रतियोगिता ३ दिन सम्म चल्ने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार विजेता समुहलाई नगद १५ हजार, उप-विजेतालाई १० हजार र तेस्रोलाई ५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गरिने छ । उत्कृष्ठ गोलरक्षक र उत्कृष्ठ खेलाडिले भने शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय