बूढानीलकण्ठ नगरपालिका वड नं १० को सार्वजनीक स्थान, विद्यालय तथा मंदिरहरुमा डेंगी तथा अन्य रोगको महामारी फैलिन नदिनका लागी पेष्ट कन्ट्रोल तथा पूनः निर्मलीकरण अभियान संचालन भएको छ ।
वडाको गल्ली, चोक,व्यवसायीक स्थल, कलकारखाना तथा सबैभन्दा जोखिम स्थानको अनगुमन गरी बूढानीलकण्ठ जनस्वास्थ्य महाशाखाको पेष्ट कन्ट्रोल टोलिले श्रावण २३ गते देखी लगातार २ हफ्ता सम्म उक्त अभियान संचालन गरेको हो ।
नगर प्रवक्ता एवं वडा नं १० का अध्यक्ष नवराज भट्टराईको अनुसार महामारीजन्य रोगहरु फैलिनु अगावै यसको रोकथाम गरी वडावासिलाई सुरक्षित महसुस गराउन उक्त अभियान संचालन भएको थियो ।
अभियान अन्तरगत वडामा पर्ने सबै विद्यालय, सार्वजनीक भवन, सातलतले खोला आसपास, मिलनचोक तरकारी बजार, ह्याण्डबल ग्राउण, कवाडि कारखाना तथा गोदाममा अनुगमन गरी लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गरिएको छ । यस कार्यमा स्थानीय तथा सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
पेष्ट कन्ट्रोल टिमका संयोजक बिमल घिमिरेका अनुसार यस कार्यमा Bio-Larvicide र Hydro Sodium Cloride को सम्मिश्रण प्रयोग भएको थियो । अभियानमा कुल ६ जना टेक्निसियन खटिएका थिए । यसमा प्रयोग गरिएको केमिकल बूढानीलकण्ठ नगरपालिकामा पहिलो पटक ल्याईएको हो ।