बूढानीलकण्ठ, भाद्र १३ गते ।
बूढानीलकण्ठ नगरपालिकाको आ.व. २०८०/८१ को वार्षिक नगर विकास योजना प्रकाशन भएको छ ।
बूढानीलकण्ठ नगरपालिकाको १२ औ नगरसभाको बैठकबाट नगर कार्यपालिकाद्वारा तयार गरी पारित गरिएको आ.व. २०८०/८१ को अनुमानित आय रु. ३ अर्ब ४४ करोड र अनुमानित व्यय तर्फ ३ अर्ब ४४ करोड स्वीकृत भएको थियो ।
जस अन्तरगत वडा नं ०९ को विभिन्न शिर्षकमा चालु तथा पुँजिगत खर्च तर्फ ३ करोड १६ लाख विनियोजन भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको स्थापना पश्चात यो १२ औं सभामा पेश भएको बजेट तथा कार्यक्रम हो भने २०७९ बैशाख ३० गतेको निर्वाचन पश्चात स्थापित नगरसभाले प्रस्तुत गरेको यो दोस्रो बजेट हो ।