बूढानीलकण्ठ, भदौ ०४ गते । 

बूढानीलकण्ठ नगरपालिकाले नगरको शैक्षिक स्तरोन्नतिका लागी विद्यालय अनुगमन सुरु गरेको छ ।

नगरपालिकाको १२ औं नगरसभाबाट आ.व. २०८०/८१ लाई शैक्षिक उन्नयन वर्षको रुपमा घोषणा भए सँगै नगरको शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउनका लागी थुप्रै अभियानहरु संचालन भईरहेका छन् ।

सोहि अभियान अन्तर्गत नगर उपप्रमुख अनिता लामाको संयोजक्तवमा नगर प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्याल र शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहको संयुक्त टोलिद्वारा विद्यालयको शिक्षण शिकाईको अवस्था, शैक्षिक सामाग्री, भौतिक पुर्वाधार र व्यवस्थापकीय प्रणालीको विषयमा निरीक्षण भएको हो ।

अनुगमनमा विद्यार्थी, शिक्षक‍-शिक्षिका, प्रधानाध्यापक र व्यवस्थापन समिति सँग विद्यालयको हालको अवस्था बुझ्दै सुधारका आवश्यक पक्षबारे अनौपचारीक छलफल भएको थियो ।

छलफलमा विद्यालय सरसफाई, शौचालय व्यवस्थापन, पाठ्यक्रम, विषयगत शिक्षकहरु विचको असमझदारी, कक्षा कोठामा विद्यार्थी संख्या घट्दो स्थिति, विभिन्न किसिमका सरुवा रोगले फैलाउने महामारी, खेल मैदानको अभाव जस्ता समस्याहरु उठान भएको थियो ।

छलफलको क्रममा उठेका विषयहरु प्रति ध्यानाकर्षण भएको भन्दै उपप्रमुख अनिता लामाले सुधार र परिमार्जनका लागी आवश्यक्ता अनुसार योजना तयार गरी कार्यान्वयन गर्दै लैजाने बताउनुभएको छ ।

अनुगमनको क्रममा विद्यार्थीको स्वास्थ्य र पोषणमा सुधारका लागी सुरु भएको दिवा खाजा कार्यक्रमको खाद्य गुणस्तर र व्यवस्थापन सम्बन्धी निरीक्षणका लागी अनुगमन टोलि खाजा वितरण सहकार्यको भुमिकामा रहेको संस्था  ‘फुड फर लाईफ नेपाल’ को भान्सा पुगेको थियो ।

नगर कार्यपालिकाको निर्णय अनुसार आ.व. २०८०/८१ बाट १९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई निःशुल्क दिवा खाजा व्यवस्थापन गरिएको छ । यस अघि दिवा खाजा आधारभूत कक्षा सम्म मात्र वितरण हुन्थ्यो ।

श्रावण अन्तिम सातादेखी सुरु भएको अनुगमन अभियान अन्तरगत हाल सम्म ५ वटा सामुदायिक र १ वटा संस्थागत विद्यालय को अनुगमन भईसकेको छ । शिक्षा महाशाखा ललित विक्रम सिंहका अनुसार यो अभियान निरन्तर चल्ने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय