बूढानीलकण्ठ, असोज ०७ गते ।
साउथ एसिया बास्केटबल असोसिएसन को आयोजनामा हुन लागेको SABA Women’s Championship खेलमा भाग लिन माल्दिभ्स जान लागेका नेपाली राष्ट्रिय महिला बास्केटबल टिमका खेलाडिहरुलाई बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख र उपप्रमुखले आज विदाई गर्नु भएको छ ।
महिला राष्ट्रिय टोलिबाट खेल्न लागेका बूढानीलकण्ठ निवासि तिन खेलाडिहरुलाई आज सम्मान सहित खाँदा र नेपालको झण्डा हस्तान्तरण गरी विदाई गरिएको हो ।
नगरपालिकाको आफ्नै कार्यकक्षमा आयोजित विदाई कार्यक्रममा प्रमुख मिठाराम अधिकारीले खेलाडिहरुलाई उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिनु भएको छ ।
बास्केटबल खेलको माध्ययमबाट सिंगो देश र बूढानीलकण्ठ नगरपालिकालाई समेत विश्वभर चिनाउन सक्ने यस अवसरमा नेपाली महिला टोलिको उल्लेखनिय प्रदर्शनीको कामना गर्दै नेपाल उपप्रमुख अनिता लामाले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु भएको थियो ।
माल्दिभ्समा हुन लागेको उक्त खेलमा महिला नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै टोलिका सह-कप्तान बूढानीलकण्ठ वडा नं ०६ निवासि अनुशा मल्ल, वडा नं ०६ कै अलिशा मल्ल र वडा नं ०८ कि श्रेया खड्का सहित अन्य टोलि आज बेलुका आयोजक देश माल्दिभ्स प्रस्थान गर्दै छन् ।
कप्तान सदिना श्रेष्ठको नेतृत्वमा रहेको टोलिमा सहकप्तान अनुशा मल्ल, अलिशा मल्ल, श्रेया खड्का, बिनामनि योन्जन, अलिना गुरुङ, गरिशा सिलवाल, प्रतिक्षा मगर, रचना श्रेष्ठ, मिना गुरुङ, मुना महर्जन र अमिशा घले रहेका छन् ।
प्रशिक्षक विकास साहि र म्यानेजर निरन्जन सत्याल सहित टोलिमा १३ औँ SAG खेलका ८ जना रजत पदक विजेता समावेश छन् ।
यस अघि सन् २०१६ मा यो प्रतियोगिताको पहिलो संस्करण नेपालमा सञ्चालन भएको थियो । श्रीलंकाले उपाधि हात परेको पहिलो संस्करणमा नेपाली मिहिला टोलिले दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।