बूढानीलकण्ठ नगरपालिकाले मजदुरहरूलाई श्रमिक परिचय पत्र वितरण सुरु गरेको छ । शुकरबार एक औपचारिक कार्यक्रमका बिच नगरक्षेत्र भित्र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूलाई परिचय पत्र वितरण गरिएको हो ।
बागमति प्रदेश माननीय सिता लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा माननीय सिता लामा र नगरप्रमुख मीठाराम अधिकारीले मजदुरहरुलाई श्रमिक परिचय पत्र वितरण गरी कार्यक्रम सुरु गर्नुभएको थियो ।
श्रमिक परिचय पत्र वितरण गर्दै प्रमुख अतिथि माननीय सिता लामाले श्रमिकहरुको हक र अधिकार संग सम्बन्ध राख्ने यस परिचय पत्र वितरण कार्यको प्रशंसा गर्नुभएको थियो । नगरपालिका भित्र रहेका सबै वर्गका श्रमिकहरुको सुचिकरण गरी उहाँहरुको स्वास्थ्य विमा र श्रमिकका नियम कानुन र सुविधाका विषयहरुमा समेत जानकारी गराउन नगरपालिका श्रम डेस्कलाई आग्रह गर्नु भएको थियो ।
नगरप्रमुख मिठाराम अधिकारीले आफू मजदुरहरूको हक हितका लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको बताउनुभयो । असंगठित क्षेत्रमा कार्यरत मजदुरलाई परिचय पत्र वितरणले धेरै फाइदा पुग्नेछ, प्रमुख अधिकारीले बताँउनुभयो,” श्रमिकलाई परिचय पत्र वितरण गरेर श्रमिकको स्वास्थ्य बीमा लगायतका विषय यसमा समेटिने छ “। मजदुरबिना देशको विकास सम्भव नभएकाले मजदुरको हक हितका लागि सरकारी तवरबाट वितरण गरिने सहायताको प्रभावकारी कार्यान्वयन गर्न नगरपालिका तयार रहेको नगरप्रमुख अधिकारीले जोड्नुभयो ।
संगठित क्षेत्रमा काम गर्ने मजदुरलाई काम गर्ने संस्थाको परिचय पत्रको आधारमा वडाको सिफारिस ल्याएमा परिचय पत्र दिने व्यवस्था रहेको र असंगठित क्षेत्रमा काम गर्नेको हकमा विभिन्न ट्रेड युनियन मार्फत भरेको फारमका आधारमा वडा कार्यालयले सिफारिस गरेमा परिचय पत्र दिने व्यवस्था रहेको छ ।
श्रमिक परिचय पत्र लिनका लागि नगरपालिकाले डकर्मीहरुको लागि ५० र सवरोजगारहरुका लागि १०० रुपैयाँ शुःल्क तोकेको छ । नगरपालिकाले वितरण गरेको श्रमिक परिचय पत्रमा श्रमिकको नाम ठेगानासंगै श्रमिकले गर्ने कामको प्रकिृतिसमेत उल्लेख गरिएको छ ।
नगरपालिकामा सञ्चालित श्रम डेस्क मार्फत् प्राप्त हुन आएको आवेदनहरू नगरपालिकाको श्रम समितिले अध्ययन,अभिलेखन गरि सूचीकृत गरिएको उपप्रमुख अनिता लामाले जानकारी दिनुभएको थियो । यस परिचय पत्रले श्रमिक र रोजगारादाता बिच असल श्रम सम्बन्ध स्थापित हुने, श्रम बजार न्यायोचित र मर्यादित हुने, सामाजिक सुरक्षा र श्रमिकको जीवनस्तरमा सकरात्मक प्रभाव पर्ने र समग्र रूपमा असल र सुसंस्कृत सामाजिक, सांस्कृतिक र कानूनी शासनमा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरेको उपप्रमूख अनिता लामाले बताँउनुभएको छ ।
उप प्रमुख अनिता लामाले आफ्नो ‘आतुङ’ कविता संग्रहबाट श्रम र श्रमिक विचको भावनातमक सम्बन्ध झल्कने ‘ह्यारी, आस्याङ र साहिबा’ कविता वाचन समेत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामीछानेले अनऔपचारीक तथा शारीरीक श्रममा कार्य गर्नुहुने सम्पुर्ण श्रमिकहरुको कदर गर्दै उहाँहरु काम गर्ने कार्यस्थलमा सुरक्षित उपकरण जस्तै ‘हेल्मेट’, ‘होल्डिङ बेल्ट’, ‘पञ्जा’, ‘मास्क’, ‘चस्मा’, ‘जुत्ता’ हरु प्रयोग गर्न र गराउनुहुन श्रमिक र श्रमदाता सम्पुर्णमा आग्रह गर्नुभएको थियो । सँगै नगरपालिकाले कार्यन्वयन गर्ने भौतिक पुर्वाधारका योजनाहरुमा श्रमिक डेस्कमा सुचिकरण भएका श्रमिकहरुलाई प्राथमिकता दिईने लामिछानेले जोड्नुभयो ।
कार्यक्रममा श्रम विज्ञ जनक चौधरीले श्रम श्रेत्रका आयामहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रमिक हक अधिकारबारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित श्रमिकहरुले निकै लामो प्रयासपछि अनऔपचारिक क्षेत्रमा काम गर्ने मजदुरले परिचय पत्र पाएकाले आफूहरू निकै उत्साहित भएको बताएका थिए । नगरपालिकाले श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा आमुल परिवर्तन ल्याउने आशा पलाएको डकर्मी राजेश खत्रीले बूढानीलकण्ठ न्युज सँगको कुराकानीमा बताउनुभयो ।
शुक्रबार गल्फुटार स्थिय ‘ताज शभा हल’ मा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय सिता लामा, विशेष अतिथि नगर प्रमुख मिठाराम अधिकारी सहित उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, सम्पुर्ण वडाका वडा अध्यक्ष, श्रम विज्ञ जनक चौधरी, नरनाथ लुँईटेल, शान्ता वस्नेत, श्रम समिति सदस्य लक्ष्मण थापा, नगरपालिका महाशाखा/शाखा प्रमुख लगायत विभिन्न क्षेत्रका श्रम सँग सम्बन्धित श्रमिक तथा श्रमदाताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम प्रशासन शाखा अधिकृत राजकुमार थापाले सञ्चालन गर्नुभएको थियो ।
कसरी पाईन्छ श्रमीक परिचय पत्र ?
संगठित क्षेत्रमा काम गर्ने मजदुरलाई काम गर्ने संस्थाको परिचय पत्रको आधारमा वडाको सिफारिस ल्याएमा परिचय पत्र दिने व्यवस्था रहेको र असंगठित क्षेत्रमा काम गर्नेको हकमा विभिन्न ट्रेड युनियन मार्फत भरेको फारमका आधारमा वडा कार्यालयले सिफारिस गरेमा परिचय पत्र दिने व्यवस्था रहेकोछ । श्रमिक परिचय पत्र लिनका लागि नगरपालिकाले डकर्मीहरुका लागि ५० रुपैयाँ र सवरोजगारहरुका लागि १०० रुपैयाँ तोकेको छ ।
नगरपालिकाले वितरण गरेको श्रमिक परिचय पत्रमा श्रमिकको नाम ठेगानासंगै श्रमिकले गर्ने कामको प्रकिृतिसमेत उल्लेख गरिएको हुन्छ ।