बूढानीलकण्ठ, असोज ०२ गते । 

बूढानीलकण्ठ वडा नं १२ ले सडक तथा सार्वजनिक जग्गा मिचेका र स्वीकृती नलिई बनेका संरचना हटाउन ३५ दिने सुचना जारी गरेको छ ।

वडाका विभिन्न स्थानहरूमा सार्वजनिक जग्गा तथा सडक मिचेर निजी संरचनाहरू निर्माण भएको तथा निर्माण इजाजत नलिइ वा इजाजत भन्दा फरक निजी तथा संस्थागत संरचना निर्माण भएको पाइएकोले सार्वजनिक जग्गा संरक्षण गर्न, सडक यातायात तथा पैदल यात्रीलाई सहज रुपमा सडकको प्रयोग गर्न र वडा भित्र निर्माण हुने संरचनाहरूलाई नियमित गर्न अत्यावश्यक रहेकोले सुचना जारी गरेको हो ।

सूचना जारी भएको ३५ दिन भित्र सार्वजनिक जग्गा तथा सडक मिचेर निर्माण भएका संरचना (घर, टहरा तथा कम्पाउण्ड वाल) हरू घरधनी स्वयंले हटाइ सडक तथा सार्वजनिक क्षेत्र खाली गरिदिनुहुन सम्बन्धित सम्पूर्णमा वडा समितिले अनुरोध गरेको छ ।

साथै निर्माण इजाजत नलिइ वा इजाजत भन्दा फरक नाप र संरचना अनुसार निर्माण भएका निजी तथा संस्थागत संरचनाहरू र कम्पाउण्ड वालको नक्सा नगर कार्यपालिकाको कार्यालयमा पेश गरी नक्सा स्वीकृती / नियमित गर्ने कार्य ६० दिन भित्र सम्पन्न गरी वडा कार्यालयलाई  जानकारी गराउन पर्नेछ ।

तोकिएको समयभित्र नक्सा पेश नगरेमा त्यस्ता संरचना तथा कम्पाउण्ड वालहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन संहिता र मापदण्ड अनुसार कारबाही गरिने पत्रमा उल्लेखित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय