बूढानीलकण्ठ, भाद्र ३१ गते । 

संविधान दिवसको अवसरमा असोज ०३ गते (सोमबार) बूढानीलकण्ठ नगरपालिका कार्यालयको प्राङ्गणमा विहान ०७ बजे देखि वृहत स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ ।

नगरपालिकाको आयोजना प्रभु बैंक हात्तिगौडाको सह-आयोजना र डि. आई स्किन हस्पिटल र काठमाडौं नेत्रालयको सहकार्यमा नि: शूल्क आँखा र छाला सम्बन्धि चेक जाँच सञ्चालन हुन लागेको हो ।

यस स्वास्थ्य शिविरमा विज्ञ चिकित्सकहरू द्वारा परामर्श दिईने हुँदा सम्पुर्ण नगरवासीलाई उपस्थित भई चेक जाँच गर्नुहुन नगरप्रमुख मिठाराम अधिकारीले अनुरोध गर्नुभएको छ।

साथै सोहि शिविरबाटै नि: शूल्क औषधि पनि वितरण गने आयोजक बूढानीलकण्ठ नगरपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय