बूढानीलकण्ठ, भाद्र २८ गते । 

बूढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई विशेष प्राथमिकताका साथ निरन्तरता दिदैँ आएको छ । अनुगमन टोलिले सोमबार वडा नं ०३ क्षेत्रको निलोपुल देखि नारायणस्थान मंदिर परिसरका व्यवसायहरुको निरिक्षण गरेको थियो ।

बिहान ८ बजे निस्केको अनुगमन टोलिले उक्त क्षेत्रका पसल, मार्ट, क्याफे, कपडा पसल, सुनचाँदि लगायत फर्निचरहरुको अवस्था, उपर्युक्त मुल्य र खाद्य वस्तुहरुको गुणस्तर अनुगमन गरेको थियो ।

आजको अनुगमनमा ३१ वटा व्यवशायहरु अनुगमन भएका थिए । जस मध्य १७ वटा व्यवसायहरु व्यवस्थित रहेको र १४ वटा व्यवसायहरुको वयवस्थापन र दर्ता प्रक्रियामा कमजोरी देखिएको टोलिले जनाएको छ ।

कर नतिरेका व्यवसायहरुलाई ३ दिन भित्र सम्बन्धित निकायमा गई प्रकृया अनुसार राजश्व तिर्न र दर्ता नभएकालाई दर्ता गर्न निर्देशन दिईएको छ । साथै सरसफाई र मुल्य सुचिमा पनि विशेष ख्याल राख्न सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय