बूढानीलकण्ठ, भाद्र १४ गते ।
५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भाद्र २३ गते (आज) वडा नं ०३ स्थित श्री बूढानीलकण्ठ माध्यमिक विद्यालयमा विशेष सम्मान कार्यक्रम आयोजना भएको छ । बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा विद्यालय र विद्यार्थिहरुको प्रोत्साहन प्रयोजका लागि सम्मान कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा वि.सं. २०७८ सालमा लिइएको एस.ई.ई. र कक्षा ०८ को परीक्षामा विद्यालयगत रुपमा उत्कृष्ट जि.पि.ए. (G.P.A.) सहित प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, समाजिक विकास समिति संयोजक शान्ता ढकाल र शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह द्वारा प्रमाण पत्र सहित सम्मान गरीएको थियो ।
नगरपालिका भरिमा उत्कृषट ४ जि.पि.ए. ल्याउने रिलायन्स को एड स्कुलबाट सुनिता बम र तारादेवि पाण्डेलाई नगर पुरस्कार सहित सम्मान गरिएको थियो । सँगै सामुदायिक विद्यालयबाट SEE परिक्षामा ३.६४ -४ GPA ल्याउने राजेश नेपाली, युवराज थापा र गौरब भट्टराई समेत सम्मानित भएका थिए ।
साथै, नगरपालिकाभित्र औपचारिक रुपमा अनुमति प्राप्त गरी संचालन भएको २० वर्ष अवधि पूरा गरेका १९ वटा विद्यालय लाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरपालिका अन्तरगतको मुलयाङ्कनका आधारमा यस बर्षको उत्कृष्ठ शिक्षकको पुरस्कार श्री बालकुमारी मा.वि. का प्रधानाध्यापक तथा शिक्षक ईन्द्र बहादुर राई पदक सहित सम्मानित हुनु भएको छ ।
लगायत मापदण्डका आधारमा मूल्याङ्कन भई उत्कृष्ट घोषणा भएका १-१ जना शिक्षकलाई विद्यालयको सिफारिसको आधारमा सम्मान गरिएको थियो ।
कार्यक्रममा सामुदायिक विद्यालयमा अध्यापन गरी अवकास पाएका १५ जना शिक्षकहरुलाई दोसल्ला ओढाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
शिक्षा महाशाखाको आयोजनामा श्रावण २५ गते भएको माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता “मेरो विद्यालय मेरो सपना” को बिजेता हिमालयन बोर्डिङ्ग हाई स्कुलकी रचना राई, दोस्रो भएका महाँकाल जनजागृत मा.वि. का असिम थापा, तेस्रो रिलाएन्स ईन्टरनेशनल स्कुलकी हिमेशा काफ्ले तेस्रो र सान्त्वना पायोनियर पब्लिक स्कुलकी मेरिना दहाललाई पनि पुरस्कृत गरिएको थियो ।
सोह कार्यक्रममा नेपालको संविधान र अनिबार्य तथा नि: शुल्क ऐन २०७५ र नियामवलि २०७७ ले सुनिश्चित गरेको अनिवार्य तथा नि:शुल्क आधारभुत शिक्षाको कार्यान्वयन तहमा सुनिश्चितता गर्न नगर शिक्षा समितिको निर्णय अनुसार नगर प्रमुख अनिवारय तथा नि: शुल्क आधारभुत शिक्षा कोष स्तापना भएको नगर प्रमूख मिठाराम अधिकारीले घोषणा गर्दै उक्त कोषमा सहयोगका लागि जनप्रतिनिधिहरु, संघसंस्था, शिक्षक कर्मचारीहरुलाई अपिल समेत गर्नु भएको थियो ।
आज भएको सम्मान कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारि, उपप्रमुख अनिता लामा, पूर्व उपप्रमुख रमा देविराई, समाजिक विकास समिति संयोजक शान्ता ढकाल, वडा नं ०४ अध्यक्ष श्री राम के.सि., वडा नं १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं ११ अध्यक्ष राजु अधिकारी, वडा नं ०८ अध्यक्ष सुमन तामाङ , विभिन्न वडाका वडा सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु लगायत शिक्षक र विद्यार्तिहरुको उपस्थिति रेहको थियो ।