बूढानीलकण्ठ, चैत्र २१ गते ।
“भौतिक पूर्वाधार विकासको मुख्य आधार- सडक पूर्वाधार, शहर विकासको मूख्य आधार ” भन्ने मुल नाराका साथ नगरपालिकाले पुर्वधार विकास अन्तर्गत सडक र ढल विकासमा उल्लेखनिय योजनाहरु सम्पन्न गरेको छ ।
नगरपालिकाको स्थापना कालदेखि ६ वटा फरक प्रशासनिक एकाईको रुपमा रहेका गाविसहरुको एकिकृत संरचना बनिसके पछि भैरहेका सबै खालका भौतिक पूर्वाधारको विकासलाई योजनाबद्ध एकिकृत संरचनामा जोड्दै जन प्रतिनिधिहरुको आगमन पछि बिगत ४ वर्ष ६ महिनामा थुप्रै कार्यहरु भैरहको छ ।
जनप्रतिनिधिहरुको पदबहाल पछि हाल सम्म नगरपालिका भर १३२.६ कि.म सडक पक्कि भएको छ । जसमध्य ६५.६ कि.मि. नगरपालिकाले आफै गरेको हो भने ६७ कि.मि. सडकको लागि प्रदेश र केन्द्र सरकारले सहयोग गरेको थियो ।
नगरपालिकामा भएको वस्ती विस्तारको गति यहाँको पूर्वाधार निर्माणको गति भन्दा तिव्र छ । नगरमा भएका भौतिक संरचनाहरुमा सडक, भवन, ढल, पुल आदि निर्माण कार्यले तिव्र गति लिनुका साथै कतिपय थुप्रै योजनाहरु निर्माणाधिन अवस्थामा रहेको पनि छ । यद्यपी नगरपालिकामा हाल भौतिक पूर्वाधार खास गरी सडक विकासको अवस्था परिमाणात्मक हिसाबले सन्तोषजनक रहेको छ ।
यसका साथै नगरको गौरव योजना अन्तर्गत रहेको गोल्फुटार – मण्डिखाटार – आकाशेधारा कृष्णमन्दिर लसुनटार चुनिखेल-चण्डेश्वरी -टोखा -चपली -बूढानीलकण्ठ- च्यासिन्डोल र हेपाली हुदै गल्फुटारसम्म बूढानीलकण्ठ नगर चक्रपथ जोड़ने सडकहरुसँग जोडिएका शाखा सडकहरुको निर्माण कार्य सम्पन्न भईसकेको छ । “केही भाग विविध कारणले पुरा नहुँदा नगर बस संचाल शुरु गर्न नसकिएको नगर प्रमुख उद्धव प्रसाद खरेलले जानकारि दिनुभयो, “एकीकृत सर्किट निर्माण पुरा गरी नगरबस सेवा सञ्चालन गर्ने कार्य केहि खण्ड सडक पुरा गर्न नसकिएको आगामी वर्ष पुरा गरी नगर संचालन गरिने गरि तयारी भईरहेको छ “।
बूढानीलकण्ठ नगरपालिकामा निर्वाचित प्रतिनिधिहरुको पदबहाल पछि हालसम्म सम्पादन भएका मुख्य कार्यहरु अन्तर्गत सडक र ढल विकास तर्फका योजनाहरु यस प्रकारका छन्ः-
सडक ढल विकास
१) १३ वटा वडा कार्यालय जोड्ने ६ देखि ८ मीटरका सडकहरू पक्की बनाउने कार्य करिव पुरा भएको छ।
२) बाँसवारी बूढानीलकण्ठ मूल सडक वाट धोवीखोला क्रस हुदै चुनिखेल कपन जाये सडकहरु पक्की भएको छ। केहि साँगुरो सडकलाई विस्तार गरि जनधनको क्षति कम हुने सडकहरू चौडा बनाई व्यवस्थित गरिएको छ ।
३) वडा नं. २ को पञ्चकन्या मार्ग ८ मिटर चौडा सडक तारेभीर जंगलसम्म पक्कि गरिएको छ ।
४) चपली-चुनिखेल-सापाटार हुदै जगडोल जाने सडकको निर्माण कार्य सम्पन्न भएको छ ।
५) गणेश मा.वि. हुँदै चुनिखेल जाने ८ मीटर चौडा सडकको निर्माण कार्य सम्पन्न भएको छ ।
६) मान बहादुर मार्ग-धोबीखोला करिडोर हुदै चुनिखेल र कपन जोड्ने सडकपक्की गर्ने कार्य सम्पन्न भएको छ ।
७) मण्डिखाटार-वरफेदी करिडोर सडक विस्तार गरी सो को निर्माण कार्य अन्तिम अबस्थामा रहनुको साथै सडक लेन समेत फराकिलो गरिएको छ ।
८) कुमारी मार्ग-धोबीखेला-कपन सडक फराकिलो गर्ने कार्य सम्पन्न गरी दोहोरो गाडी पास हुने अवस्था भएको छ।
९) धोवीखोला करिडोर-भद्रकाली मन्दिरसम्म दुवैतिर करिव ३.५ कि.मी. सडक दुवैतिर सडक कालोपत्रे सम्पन्न भएको छ । केहि २/३ ठाँउमा प्राविधिक समस्या समाधान भएपछि सम्पन्न हुनेछ ।
१०) धोवीखोला करिडोरको दुवैतर्फ हरियाली हुने गरी बोट, विरुवाको व्यवस्थापन गरिएको छ।
११) कपन साततले देखि आकाशेधारा-साप्रेढुङ्गा मानवहादुर मार्ग सडक निर्माण कार्य ढिलै भएपनि कार्य भैरहेको र सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई ताकेता भैरहेको छ।
१२) महाँकाल- फैका लसुनटार चुनिखेल-चपली बूढानीलकण्ठ सडक (करिव ७ कि.मी. ) को धेरै जसो खण्ड पुरा भएको छ। केहि अधुरो खण्ड पुरा गर्ने प्रयास भैरहेको छ ।
१३) नगरपालिकाको मूल प्रवाहबाट ओझेल परेको वडा ११ को जगडोल देखि सापाटार हुदै कौडोल गाम्चा जाने सड़क पुरा भएपछि सो क्षेत्रमा विकासको ढोका खुल्लाको साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको लागि पर्यटकिय पूर्वाधार विकास गरी अघि बढाउने कार्य भैरहेको छ ।
१४) चुनिखेल वडा कार्यालयवाट सापाटार जाने ८ मीटर चौडासडक निर्माण कार्य पुरा भई त्यस क्षेत्रको विकास र समृद्धिमा ठुलो टेवा पुगेको छ ।
१५) चुनिखेलवाट जगडोल भन्ज्याङ जोड्ने सडक पुरा गर्नुपर्ने काम केहि ढिलो भएपनि क्रमशः अघि बढ्दै छ । सो सडक निर्माण सम्पन्न भएपछि तहाँ रहेका खालीजग्गाहरुमा व्यवस्थित शहरिकरण गर्न टेवा पुग्ने छ ।
१६) बूढानीलकण्ठको पर्यटन प्रबर्द्धन बृद्धिको लागि कौडोल तारेभीर सडक ६ मीटर कायम गरी निर्माणकार्य अघि बढाउन पहल भैरहेको ।
१७) बूढानीलकण्ठ मन्दिरबाट मुहान पोखरी जाने करिब ३ कि.मी. सडक कालोपत्रे तथा ढलान गर्ने कार्य पुरा भएको छ । सोही क्षेत्रमा जाने अर्को पुरानो सिमाना सडक निर्माणमा ठेकेदारको ढिलाई र सडकमा भएका संरचना (पानीको पाईप व्यवस्थापन) को कारण पुरा हुने अन्तिम अवस्थामा पुगेको छ ।
१८) चपली घुम्तीवाट पासीकोट र वडा नं. ६ दक्षिण लुडेखोलासम्म जाने सडक फराकिलो गरी निर्माण गर्ने कार्य सम्पन्न भैसकेको छ ।
१९) गणेश मा.वि. देखि लुडेखोला जाने सडक चौडा फराकिलो गरी पक्की गर्ने कार्य सम्पन्न भएको छ ।
२०) हात्तिगौडा-खड्कागाँउ-विष्णुमती सडक बूढानीलकण्ठ नगरपालिकाको पुरानो सडक केन्द्रिय वजेटवाट फराकिलो गरी पक्कि गर्ने कार्य सम्पन्न भएको छ ।
२१) गोल्फुटार-हेपाली- च्यासिन्डोल जाने सडक फराकिलो गरी पक्की गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।
२२) न्युरो अस्पतालदेखि पश्चिम धापासी प्रवेश मार्ग सम्म सडक फराकिलो सहित पक्की गर्ने कार्य सम्पन्न भएको छ।
२३) हेपाली देखि खड्कागाउँ हुँदै लुडेखोला जोड्ने करिव ३ कि.मी. वस्ती विचको महत्वपूर्ण नमूना सडक चौडा फराकिलो गरी पक्की गर्ने कार्य सम्पन्न भएको छ ।
२४) गोल्फुटार – मण्डिखाटार – आकाशेधारा कृष्णमन्दिर लसुनटार चुनिखेल-चण्डेश्वरी -टोखा -चपली -बूढानीलकण्ठ- च्यासिन्डोल र हेपाली हुदै गल्फुटारसम्म बूढानीलकण्ठ चक्रपथ जोड़ने सडकहरुसँग जोडिएका शाखा सडकहरुको निर्माण कार्य सम्पन्न भईसकेको छ । केही भाग विविध कारणले पुरा नहुँदा नगर बस संचाल शुरु गर्न सकिएको छैन । एकीकृत सर्किट निर्माण पुरा गरी नगरबस सेवा सञ्चालन गर्ने कार्य केहि खण्ड सडक पुरा गर्न नसकिएको आगामी वर्ष पुरा गरी नगर संचालन गरिने छ ।
२५) बूढानीलकण्ठ दोस्रो तथा वाहिरी सडक चक्रपथको लागि पैयाटार जगडोल सडक विस्तार र निर्माण कार्यको वजेट कटौती भएकोले नयाँ बजेटको लागि केन्द्री सरकारलाई पहल भैरहेको छ।
२६) बूढानीलकण्ठ चक्रपथ अन्तर्गतको पासीकोट धान्य ढिकुरो च्यासिन्डोल सडक खण्डमा नगरपालिकाले बजेट सुनिश्चित गरेतापनि सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी केहि बजेट राखेको छ र शहरी विकास मन्त्रालय वजेट को लागि पहल भैरहेको छ।
२७) विष्णुमती करिडोरको मापदण्ड र निर्माण कार्यमा भएको ढिला सुस्तीले सो क्षेत्रको विकास र व्यवस्थापनमा समस्या परेकोले प्रदेश सरकारबाटै भएको DPR लाई कार्यान्वयन गर्न वजेट व्यवस्था सहित कार्यक्रम अघि बढाउन प्रदेश सरकार समक्ष पहल भैरहेको छ ।
२८) आकाशेधारा अधिकारी मोड सडकलाई फराकिलो र राम्रो बनाउने योजनासहित नगरपालिकाबाट टेण्डर भई २०७८ साल चैत्र मसान्त सम्म कार्य सम्पन्न गर्ने लक्ष्य सहित अघि बढेकोछ ।
२९) कपन जगडोल हुँदै साततले धोबीखोला पुग्ने खोला खोल्सी र साविकको चाखुन्चा खोला भित्र ढल हाली सडक बनाएको र सो क्षेत्रको वरिपरी बाक्लो वस्ती भएको कारण पटक पटक ढल फेर्दा समेत डुवानको समस्या समाधान नभएकोले पुरै खोलामा बक्स कल्भर्टको लागि वजेट व्यवस्था गरि कार्य शुरु भैरहेको सो कार्य सम्पन्न गर्नकोलागि थप वजेट व्यवस्था गरि स्थायी समाधान भई वर्षामा हुने डुवानको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
३०) आकासेधारा राममन्दिर सडक २०७४ सालमा टेण्डरभै २ वर्षमा कार्यसम्पन्न गर्नुपर्नेमा ६ वर्ष हुँदा पनि ठेकेदार (सैलुङ निर्माण कम्पनी) को लापरवाहीले हालसम्म सम्पन्न हुन नसकेको सो कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको हुँदा छिटै कालोपत्रे हुने अपेक्षा गरिएको छ।
३१) साप्रेढुङ्गा राममन्दिर सडक निर्माण कार्यको लागि टेण्डर प्रकृया अघि बढिसकेकोले जननिर्वाचित प्रतिनिधिहरुको पदबहालपछि हालसम्पादन भएका कार्यहरूको संक्षिप्त प्रगति प्रतिवेदन यसै आ.व. भित्र उक्त योजना सम्पन्न हुने अपेक्षा गरिएको छ।
३२) बूढानीलकण्ठको उत्तरदक्षिण भूभाग जोड्ने महत्वपूर्ण सडकको रुपमा रहेको साप्रेढुङ्गा (वडा ८ सुन्दरवस्ती) विद्युतको टावर हुदै वडा २ सवस्टेशन भंगाल सम्म ८ मीटरको सडक बनाउने योजनाको केहि भाग वाहेक अन्य खण्डमा कार्य सम्पन्न भएको । बाँकी रहेको करिब ४०० मिटर खण्ड विवादको कारण सम्पन्न नभएकोमा उक्त विवाद समाधान गर्ने पहल भैरहेकोले छिटै बाँकी खण्ड सम्पन्न हुनेछ ।
३३) स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधीहरु निर्वाचित भई आएपछि ५ वर्ष भित्र यस नगरपालिकामा करिव ४ दर्जन भन्दा बढि साना ठुला खुल्ला क्षेत्र, पार्क सुधार र व्यवस्थापनका कार्य सम्पन्न गरिएको छ ।