
बूढनीलकण्ठ, चैत्र ०२ गते ।
बूढानीलकण्ठ नगरपालिका र जिल्ला समन्वय समिति, काठमाडौं विच नगरपालिकाका विभिन्न योजनाको लगत साझेदारीमा सम्झौता भएको छ ।
नगरपालिका अन्तर्गतको वडा नं ०१ प्रशासनिक भवन निर्माण , वडा नं ०३ प्रशासनिक भवन निर्माण, नगरपालिकाको बैठक भवन निर्माण र नगरपालिका प्रशासनिक भवन कार्यलयको माथिल्लो तल्लामा सभाहल निर्माणको लागि दुई पक्ष बिच ६० प्रतिशत र ४० प्रतिशत लगत साझेदारीमा सम्झौता भएको हो ।
सम्झौता बमोजिम ४ वटा योजनाको कुल लागत ६ करोड ९१ लाख १९ हजार ३ सय ५१ मध्ये जिल्ला समन्वय समिति , काठमाडौंले ६०% एवं ४ करोड १४ लाख ७१ हजार ६ सय १० रुपैयाँ सहयोग गर्ने भएको छ ।
चैत्र ०१ गते नगरप्रमुख उद्धव प्रसाद खरेल र जिल्ला समन्वय समिति, काठमाडौं प्रमुख शिवसुन्दर राजवैद्यको उपस्थितिमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने र जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौतामा जिल्ला समन्वय समितिको ६०% र नगरपालिकाको ४० % लगत साझेदारी हुने उल्लेख गरिएको नगरपालिका योजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख महेश प्रसाद पाठकले जानकारी दिनु भएको छ ।
योजनाहरुको कुल लागत विवरण
क्र.सं. | योजना | नगरपालाकको तर्फबाट (४०%) | जिल्ला समन्वय समितिको तर्फबाट (६०%) | कुल जम्मा (रु.) |
१. | वडा नं ०१ प्रशासनिक भवन | ७२,५७,३३३।५४ | १,०८,८६,०००।३१ | १,८१,४३,३३३।८६ |
२. | वडा नं ०३ प्रशासनिक भवन | ५७,७९,४४८।९४ | ८६,६९,१७३।४३ | १,४४,४८,६२२।३७ |
३. | नगर बैठक भवन | ७८,५३,१३३।०६ | १,१७,७९,६९९।५९ | १,९६,३२,८३२।६५ |
४. | नगर सभा हल | ६७,५७,८२५।०६ | १,०१,३६,७३७।५९ | १,६८,९४,५६२।६५ |

