बूढानीलकण्ठ, फााल्गुण २३ गते । नगरपालिका स्तरीय “दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८” आज बाट सुरु भएको छ । सामुदायिक र संस्थागत २४ वटा माध्मिक विद्यालयहरू सहभागी भएका यस प्रतियोगिताको आज एक औपचारिक कार्यक्रम मार्फत सुरु गरिएको हो । वडा नं ०५ स्थित बूढानीलकण्ठ स्कुल खेल मैदानमा सञ्चालन भईरहेको प्रतियोगिता फागुन २५ गते सम्म ३ दिन सम्म चल्ने छ ।
बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा भईरहेको प्रतियोगितामा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), ट्रयाक दौड र रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , मार्सल आर्ट लगायत तेक्वान्दो जस्ता खेलहरु समावेश छन् ।
जसअन्तर्गत ४७६ जना छात्र र ३५३ छात्रा सहित ८२९ जना खेलाडिहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाएका छन् । आज बाट सबै खेलहरु क्रमश सञ्चालन भईरहेको आयोजकले जानकारी गराएको छ ।
खेलहरु सञ्चालन गर्नकालागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षक तथा रेफ्रीहरुले सहकार्य गरिरहेका छन् ।
आज भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेल, नगरपालिका खेलकुद संयोजक सुमन तामाङ, समाजिक विकास संयोजक शान्ता ढकाल, नगर प्रवक्ता नवराज भट्टराई प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंह, महाशाखा अधिकृत ईन्द्र प्रसाद दाहाल, विभिन्न वडाका जनप्रतिनिधि, नगरपालिका महाशाखा तथा शाखा कर्मचारीहरु लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशीक्षक र रेफ्रिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको पहिलो दिनको खेलहरु सकिए सँगै आयोजक समुहले नतिजा सार्वजनिक गरेको छ ।
आजको नतिजाः
१००मिटर (छात्र)
प्रथमः बूढानीलकण्ठ स्कुल – अर्चित थापा – १३.१३(से)
द्वितीयः रिलायन्स ईन्टरनेशनल एकेडेमि – सर्वराज राई – १३.३२(से)
तृत्तियः रिलायन्स ईन्टरनेशनल एकेडेमि – छिरिङ पाल्देन शेर्पा – १३.४९ (से)
१००मिटर (छात्रा)
प्रथमः बूढानीलकण्ठ स्कुल – उपमा दंगाल – १५.२७(से)
द्वितीयः बूढानीलकण्ठ स्कुल – मेरिना श्रेष्ठ – १६.३४(से)
तृत्तियः रिलायन्स ईन्टरनेशनल एकेडेमि – विपना गिरि – १६.५० (से)
४०० मिटर (छात्र)
प्रथमः ग्राम शिक्षा मा.वि. – सुमन तामाङ – (१ः०३.२५)
द्वितीयः ध्रुवतारा ईङ्लिस स्कुल – अन्जन नेपालि – (१ः०४.६०)
तृत्तियः रिलायन्स ईन्टरनेशनल एकेडेमि – रोजन परियार – (१ः०४.९०)
४०० मिटर (छात्रा)
प्रथमः बूढानीलकण्ठ स्कुल – दिक्षा उपाध्याय – (१ः२१.९)
द्वितीयः बूढानीलकण्ठ स्कुल – आकृति कट्टेल – (१ः२२.४०)
तृत्तियः रिलायन्स ईन्टरनेशनल एकेडेमि – सुनिता ढकाल – (१ः२४.१४)
१५०० मिटर (छात्र)
प्रथमः बूढानीलकण्ठ मा.वी. – पुनस मगर – (५ः११.३०)
द्वितीयः महांकाल जनजाग्रिति मा.वी. – शक्ति नेपालि – (५ः१२.४४)
तृत्तियः बाल उद्दार मा.वी. – महेस श्रेष्ठ – (५ः१६.७९)
१५०० मिटर (छात्रा)
प्रथमः बूढानीलकण्ठ स्कुल – तेेजस्वि श्रेष्ठ – (६ः४५)
द्वितीयः बूढानीलकण्ठ स्कुल – सिर्जना खड्का – (७ः०५)
तृत्तियः ग्राम शिक्षा मा.वी. – नविना खत्रि – (७ः१५)
४*१०० मिटर रिले (छात्रा)
प्रथमः बूढानीलकण्ठ स्कुल – मेरिना श्रेष्ठ, आकृति कडेल, अनोमा तुलाधर,उपमा दंगाल
द्वितीयः बाल उद्दार मा.वी. – प्रशंसा राई, डोमा शेर्पा, रमिता राई, करुणा राई
तृत्तियः महांकाल जनजाग्रिति मा.वी. – सुनिता ढकाल, शुशिला वि.क., फप्सरा खड्का, अमिशा थापा
४*१०० मिटर रिमे (छात्र)
प्रथमः बूढानीलकण्ठ स्कुल – अचित थापा, प्रत्युष भट्टराई, समन शाह, शाकिर हुसेन
द्वितीयः महांकाल जनजाग्रिति मा.वी. – अनिल तामाङ, शक्ति नेपालि, सुयोग लकाई, कृष्ण चौधरी
तृत्तियः भ्यालि पब्लिक स्कुल – प्रतिक मगर, जेनिश गुरुङ, शार्दुल विश्वकर्मा, सृजन चौधरी
लङजम्प (छात्र)
प्रथमः बूढानीलकण्ठ स्कुल – लालु सिंह – ५.३५ मिटर
द्वितीयः बूढानीलकण्ठ स्कुल – दिग्दर्शन पोख्रेल – ५.३१ मिटर
तृत्तियः ग्राम शीक्षा मंदिर – निमदावा तामाङ – ५.११ मिटर
लङजम्प (छात्रा)
प्रथमः सनराईज स्कुल – पायल शर्मा – ३.५४ मिटर
द्वितीयः बूढानीलकण्ठ स्कुल – प्रमिला खड्का – ३.४० मिटर
तृत्तियः बूढानीलकण्ठ स्कुल – आकृति कट्टेल – ३.३८ मिटर
ज्यामलिन थ्रो (छात्र)
प्रथमः बूढानीलकण्ठ स्कुल – उपेन्द्र बुढा – ३७.४० मिटर
द्वितीयः रिलायन्स एकेडेमि – गौरव राई- ३४.३९ मिटर
तृत्तियः बूढानीलकण्ठ मा.वी. – पुनस मगर – ३०.४६ मिटर
ज्यामलिन थ्रो (छात्रा)
प्रथमः बाल उद्दार मा.वी. – सविना राई – १८.५३ मिटर
द्वितीयः रिलायन्स एकेडेमि – एड्गि शेर्पा – १५.६७ मिटर
तृत्तियः बालबिकास बोर्डिङ स्कुल – जोत्सना राउत – ११.५९ मिटर
प्रतियोगिताबाट छानिएका उत्कृष्ठ बिद्यालयहरु मध्य सबै खेलहरुको मुल्याङ्कन अनुसार प्रथम हुने विद्यालयलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै दोस्रो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने छ ।
प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने भएकोले विद्यार्थिका अभिभावकहरु र नगरपालिकामा बसोबास गर्नुहुने सबैलाई खेलहरु अवलोकन गर्न आउनुहुन आयोजकले निमन्त्रणा गरेको छ ।