काठमाडौं, बुढानीलकण्ठ, असार २७ – बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ अन्तर्गत आनिगुम्बादेखि आरम्भचोकसम्म खहरे खोलाको दायाँबायाँ क्षेत्रमा बनेका अवैध संरचना हटाउन नगरपालिकाले अत्यन्तै जरुरी सूचना जारी गरेको छ। वडा नं. १०, ११ र १२ ले संयुक्त रुपमा सूचना जारी गर्दै सम्पुर्णमा आव्हान गरेको हो ।

खहरे किनारमा रहेका घर टहरा तथा अन्य संरचना सम्बन्धी सूचनामा भनिएको छ कि, नेपाल सरकारले निर्माण गरेको ढुङ्गाको पर्खाल (वाल) भन्दा भित्र पट्टि रहेका कम्पाउण्ड, घरको गेट तथा अन्य संरचनाहरु हटाउनु पर्नेछ। यस्ता संरचनाहरु खहरेको प्राकृतिक बहावमा अवरोध सिर्जना गर्ने भएकाले नागरिकको सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्ने अवस्था आएको जनाइएको छ।

सूचनामा भनिएको छ, “एक हप्ताभित्र निर्माण गरिएका टहरा तथा संरचनाहरु हटाई क्षेत्र खाली नगरेमा वडा कार्यालय स्वयंले भत्काउने कार्य गर्न बाध्य हुनेछ।”

यस निर्णयले खहरे आसपासको बस्ती व्यवस्थापन, जनधनको सुरक्षा तथा वातावरणीय जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नगरपालिकाले सम्बन्धित घरधनीहरुलाई समयमै सहयोग गर्न र सूचना पालना गर्न पुनः आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय