काठमाडौं, बुढानीलकण्ठ, — बुढानीलकण्ठ नगरपालिका वडा नं.२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले वडाभित्र रहेका विद्यालयहरूलाई २०८१ मा माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भएका विद्यार्थीहरूको विवरण वडा कार्यालयमा १ हप्ता भित्र उपलब्ध गराउन अनुरोध गर्नुभएको छ।
वडाध्यक्ष श्रेष्ठका अनुसार, विद्यार्थीहरूको प्राप्त GPA सहितको विवरण संकलन गरी शिक्षा, योजना र विकाससम्बन्धी आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ।






