बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखाले रैथाने बाली उत्पादन, विविधिकरण, ब्राण्डिङ्ग, प्रशोधन र बजारिकरणमा सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

शाखाले आ.व. २०८१/८२ को बागमती प्रदेश सरकार सशर्त अनुदान तर्फ वडा नं.१० कार्यक्रम ५० प्रतिशत साझेदारीमा सञ्चालन गर्नको लागि वडा नं.१० भित्रका ईच्छुक कृषक समूह/कृषि सहकारी निजी कृषि फार्महरुले आवश्यक कागजात सहित माघ को पहिलो हप्ता भित्र कार्यालय समय सम्म कृषि विकास शाखामा आवेदन दिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु :

१. कृषि समूह/सहकारी संस्था निजी कृषि फार्म दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि ।

२. सम्वन्धित वडा कार्यालयको सिफारिस ।

३. जग्गाको लालपूर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिएको भएमा कम्तीमा ५ वर्षको जग्गा भाडा करारनामाको प्रतिलिपि ।

४. निवेदकको नेपाली नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि ।

५. कृषक समूह र सहकारीको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि ।

६. संलग्न बमोजिमको प्रतिबद्धता पत्र। स्थानीय तहमा विनियोजन सर्शत अनुदान कार्यक्रम कार्यन्वयन कार्यविधि २०८१ को अनुसूची-१)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय