बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखाबाट पौष ११ गते बाली उपचार शिविर सञ्चालन हुन लागेको छ ।
शाखाले आ.व.२०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत शिविर कार्यक्रम आयोजना गर्न लागेको हुँदा कृषकहरुले बाली विरुवामा रोग किराको प्रकोप देखापरेको भए सोको नमूना सहित तपसिलको बिहान १० बजे देखी ३ बजे सम्म वडा नं.१३ मा रहेको चुनीदेवी कृषि सहकारी संस्था, चुनिखेलमा जानुहुन अनुरोध गरेको छ ।
मितिः २०८१ पौष ११ गते
समयः विहान १० देखि ३ बजे सम्म
स्थानः बुढानीलकण्ठ नगरपालिका वडा नं.१३ चुनीदेवी कृषि स.स.लि. चुनिखेल
सम्पर्क नं. ९८६९४१४९४३, ९८४३५०४०४९