प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मंसिर २८ गते (शुक्रबार) बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएका ४ वटा गौरवशाली परियोजनाहरुको उद्घाटन हुन लागेको छ ।
नगरपालिकाको अनुसार सोहि दिन वडा नं. ०१, ०२ र वडा नं. ०७ को नवनिर्मित प्रशासनीक भवन र कपनमा रहेको नगरपालिकाकै गौरवशाली परियोजना कपन ह्याण्डबल खेल मैदान उद्घाटन हुने भएको हो ।
प्रधानमन्त्री ओली दिउँसो १ः४५ बजे तौलुङ्गमा रहेको वडा नं. ०१ को प्रशासनीक भवन उद्घाटन गरेर २ बजे घुम्ती स्थित वडा नं. ०२ मा पुग्नुहुने छ । त्यस्पश्चात २ः३० बजे डढुगाँउमा रहेको वडा नं. ०७ गएर ३ः०० बजे कपन ह्याण्डबल खेल मैदान पुगेर उद्घाटन गर्नुहुने छ ।
सो दिन भव्यरुपमा उद्घाटन कार्यक्रम संचालन हुुनेभएकाले कार्यक्रमहरुमा उपस्थितिका लागी नगर प्रमुख मिठाराम अधिाकरीले सम्पुर्ण नगरवासीहरुलाई निमन्त्रणा गर्नु भएको छ ।