लैङ्गिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान सोमबार (आज) बाट सुरु भएको छ ।

बुढानीलकण्ठ नगरपालिकामा पनि ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि एक्यवद्धता’ भन्ने नाराका साथ अभियान मनाइँदैछ ।

अभियानको आज “म हिंसा गर्दिन, सहदिन र भएको देखेमा प्रतिकार र कानुनी उपचारमा लाग्ने छु” भन्ने प्रतिवद्धतामा हस्ताक्षर गरी नगर प्रमुख मिठाराम अधिकारीले प्रारम्भ गर्नुभएको हो । सो प्रतिवद्धतामा नगरपालिका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहिहरुले हस्ताक्षर गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सन्चालन हुँदै आएको हो।

अभियानको सन्दर्भमा नगरपालिकाका वडा, विद्यालय, टोल, महिला समुह, युवा समुह, युवा क्लब जस्ता लक्षित वर्गहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय