नगरपालिकाको कृषि विकास शाखा आ.व.०८१/०८२ को संघीय सशर्त अनुदानतर्फ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नगरपालिका भित्र तरकारी पकेट विकास कार्यक्रम ५० प्रतिशत साझेदारीमा सञ्चालन गर्न लागेको छ ।
सो कार्यक्रममा ईच्छुक कृषक समूह/कृषि सहकारी/निजी कृषि फार्महरुले तोकिएको ढाँचा अनुसार आवश्यक कागजात सहित मंसिर १९ गते भित्र नगरपालिकाको कृषि विकास शाखामा आवेदन दिनुहुन जानकारी दिएको छ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु :
१. कृषि समूह/सहकारी संस्था/कृषि फर्म दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि ।
२. सम्बन्धित वडा कार्यालयको सिफारिस ।
३. जग्गाको लालपूर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिएको भएमा कम्तीमा ५ वर्षको जग्गा भाडा करारनामाको प्रतिलिपि ।
४. निवेदकको नेपाली नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि ।
५. कृषक समूह र सहकारीको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि ।
६. पकेटको लागि क्षेत्रफल/संख्याको न्यूनतम आधार साना व्यावसायिक उत्पादन कृषि केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालनको लागि तालिका १ मा उल्लेख भए बमोजिम न्यूनतम क्षेत्रफल वा संख्याको आधार पुरा गर्नुपर्नेछ ।