बुढानीलकण्ठ, कार्तिक २४ गते । 

“खेलबाट खेलाडिको पहिचान, खेलाडिनै हो यो देशको शान” भन्ने मुल नाराका साथ नवदुर्गा युवा कल्बले प्रथम वडाध्यक्ष कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ सँगको सहकार्यमा कल्बले कार्तिक २९ र ३० गते खेल सञ्चालन गर्न लागेको हो ।

वडा नं १० बालुवाखानी स्थित कप-अन फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन पाउने छन् ।

यस प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क रु. ५ हजार तोकिएको छ ।

आयोजकका अनुसार प्रतियोगिता ५ ‘A’ शाईड ढाँचामा सञ्चालन हुन्छ । यसको सम्पुर्ण खेलहरू नकआउट चरणमा खेलाईने उनिहरुले जनाए।

प्रतियोगिताको विजेतालाई नगद रु. ६० हजार र उपविजेतालाई रु. ३० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

साथै उत्कृष्ट खेलाडि र उत्कृष्ट गोलरक्षकलाई नगद रु. २५०० पुरस्कार दिने आयोजकले जानकारी दिएका छन् ।

समुह दर्ता भईरहेकाले ईच्छुक सम्पुर्ण टिमलाई आयोजकले प्रदान गरेको सम्पर्क नं ९८५१३४५१०८ र ९८६०२७५८६१ मा सम्पर्क गर्नुहुन आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय