बुढानीलकण्ठ पशु सेवा शाखाले हिउँदे १२५ जना पशु पालन कृषकहरुलाई जै घाँसको बिउ नि:शुल्क वितरण गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका पशु सेवाको आ.व. ०८१/८२ को वार्षिक स्वीकृत पशु आहार कार्यक्रम अनुसार नगरपालिका क्षेत्र भित्र रहेको गाई, भैसि, बाख्रा पालन गरिरहेका कृषक ,व्यावसायिक, समुह कृषक र सहकारीहरुलाई पोषण युक्त हरियो जै घाँस खुवाउने र दाना चोकर को लागत काम गराउने उद्देश्यले विउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङले जानकारी दिनुभएको छ ।

पोषण युक्त विकासे घाँसले थौरै जमिनमा पनि धेरै घाँसको उत्पादन दिने र दुधालु पशुहरुमा दुध उत्पादनमा वृद्धि र मासु उत्पादनमा वृद्धि गाराउने पशु सेवा शाखा प्राविधिक ठाकुर ढकालले बताँउनुभयो ।

असोज ७ गते भएको विउ वितरण कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी,  वडा नं. १२ का वडा सदस्य डिल्लीराम खतिवडा, वडा नं. ०२ सदस्य विनोद लामिछाने, पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङ, पशु सेवा शाखाका अन्य कर्मचारी लगायत पशुपालन कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय