बुढानीलकण्ठ, असोज ०४ गते ।
बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई विशेष प्राथमिकताका साथ निरन्तरता दिँदै आएको छ । बजार अनुगमन संयोजक उपप्रमुख अनिता लामाको नेतृत्वमा निस्केको अनुगमन टोलिले शुक्रबाट वडा नं. ०९, सुकेधारा क्षेत्र देखी मण्डिखाटार क्षेत्र परिसरका व्यवसायहरुको निरिक्षण गरेको थियो ।
अनुगमनमा १९ वटा व्यवसायहरु अनुगमन भएका थिए । जस मध्य अधिकांश व्यवसायहरुको व्यवस्थापकिय अवस्था र दर्ता प्रक्रियामा कमजोरी देखिएकोले प्रक्रिया अनुसार राजश्व तिर्न र दर्ता नभएकालाई दर्ता गर्न निर्देशन दिईएको उपप्रमुख अनिता लामाले जानकारी दिनुभयो ।
अनुगमन टोलिले उक्त क्षेत्रका पसल, मार्ट, मासु पसल, दुध डेरी, तरकारी, क्याफे, कपडा पसल, सुनचाँदि जस्ता व्यवसायहरुको उपर्युक्त मुल्य, खाद्य वस्तुहरुको गुणस्तर, व्यवसाय दर्ता नविकरण लगायत व्यवसाय व्यवस्थापन अवस्थाको अनुगमन गरेको हो ।
बजार अनुगमन संयोजक एवं नगर उपप्रमुख अनिता लामाको अनुसार बुढानीलकण्ठमा अब नियमित बजार अनुगमन हुने जानकारी प्राप्त भएको छ ।