बुढानीलकण्ठ नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाबाट आ.व. २०८१/८१ भाद्र ११ गते देखी भाद्र मसान्त सम्म संचालित सामाजिक सुरक्षा भत्ता नविकरण घुम्ती शिविर सम्पन्न भएको छ ।

शाखाले शिविर मार्फत अस्पतालको बेडमा रहेका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अपाङ्गता साथै वृद्धाहरुलाई घर-घर तथा टोलटोलमा गई वडा कार्यालयको समन्वयमा सुरक्षा भत्ता नविकरण सेवा प्रदान गरेको हो ।

शाखा प्रमुख चन्द्रमणी पण्डेका अनुसार उक्त शिविर अन्तर्गत २३० जना ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका २६ जना, दलित बालबालिका ३ जना र एकल महिला २५ जनाको घर-गर मै गई भत्ता नविकरण गरेको जानकारी दिनुभएको छ ।

शिविर नगरपालिकाको १३ वटै वडाको सहकार्यमा टोल-टोल र घर-घरमै गई संचालन भएको उहाँले बताउँनुभयो । आवश्यक्ता अनुसार आगामी दिनना पनी यस किसिमको शिविर मार्फत नगरवासीहरुलाई सेवा दिने उहाँले जोड्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय