बुढानीलकण्ठ, भाद्र ३० गते ।
बुढानीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई विशेष प्राथमिकताका साथ निरन्तरता दिँदै आएको छ । अनुगमन टोलिले आइतबार वडा नं १०, कपन निलोपुल देखी आकाशेधारा क्षेत्र परिसरका व्यवसायहरुको निरिक्षण गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालको नेतृत्वमा निस्किएको अनुगमन टोलिले उक्त क्षेत्रका पसल, मार्ट, क्याफे, कपडा पसल, सुनचाँदि जस्ता व्यवसायहरुको उपर्युक्त मुल्य, खाद्य वस्तुहरुको गुणस्तर, व्यवसाय दर्ता नविकरण लगायत व्यवसाय व्यवस्थापन अवस्थाको अनुगमन गरेको हो ।
बजार अनुगमन संयोजक एवं नगर उपप्रमुख अनिता लामाको अनुसार बुढानीलकण्ठमा अब नियमित बजार अनुगमन हुने जानकारी प्राप्त भएको छ ।
आजको अनुगमनमा २० वटा व्यवसायहरु अनुगमन भएका थिए । जस मध्य अधिकांश व्यवसायहरुको व्यवस्थापकिय अवस्था र दर्ता प्रक्रियामा कमजोरी देखिएको टोलिले जनाएको छ ।
ति मध्य केहि खाद्य पसलहरुबाट म्याद नाघेका सामानहरु जफत गरी नष्ट गरिएको छ भने क्याफे र मिठाई पसलहरुको भान्सा सरसफाईमा विशेष ध्यान दिनुहुन निर्देशन दिईएको प्रशासकीय अधिकृत अजित धिमिरेले जानकारी दिनुभयो । कर नतिरेका व्यवसायहरुलाई ३ दिन भित्र सम्बन्धीत निकायमा गई प्रक्रिया अनुसार राजश्व तिर्न र दर्ता नभएकालाई दर्ता गर्न निर्देशन दिएको उहाँले जोड्नुभयो ।
आज भएको अनुगमनमा वडा नं. १० अध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, प्रशासकीय अधिकृत अजित धिमिरे, अधिकृत अच्युत खड्का, प्रशासन महाशाखाबाट सहायक पाँचौ तुल्सीराम अर्याल, कम्पयुटर अपरेटर सुरेश चौलागाई, मिलन भण्डारी, प्रहरी प्रभाग कपन, नगर प्रहरी सविन दुलाल र रिकेश थापाको उपस्थिति रहेको थियो ।