बुढानीलकण्ठ नगरपालिकाको विभिन्न वडामा अपरिचित व्यक्तिहरुले वडाले पठाएको भनेर अनाधिकृत रुपमा फोहोर उठाएको शुल्क र घर नं. दर्ताको लागी भनी विभिन्न बहानामा रकम संकलन गरिरहेको हुनाले नगरवासीहरुलाई सचेत हुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले लिने कर तथा शुल्क सम्बन्धीत कार्यालयमानै बुझाउन पर्ने व्यवस्था छ ।
यस किसिमको अपराधिक गतिविधि गरिरहेको पाईएमा त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिई नजिकैको प्रहरी कार्यालय अथवा वडा र नगरपालिकालाई सम्पर्क गर्नुहुन नगरप्रमुख मिठाराम अधिकारीले अनुरोध गर्नुभएको छ ।
सूचना प्राप्त भएको हुँदा उक्त व्यक्ति वडासँग सम्बन्धित नरहेकोले सम्पूर्ण वडाबासीहरु सजग रहन यसै सूचना मार्फत जानकारी गरिन्छ । साथै उक्त व्यक्ति रकम संकलन गर्न आएमा तपसिल बमोजिमका व्यक्ति सँग सम्पर्क गरिदिनु अनुरोध गरिन्छ ।