बुढानीलकण्ठ नगरपालिका, कृषि विकास शाखाको आ.व.२०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रममा “माटोको नमूना” परिक्षण गरी निःशुल्क कृषि चुन वितरण गरिने कार्यक्रम रहेको हुनाले बुढानीलकण्ठ नगरपालिका क्षेत्र भित्रका इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी संस्था/निजी कृषि फार्महरुलाई ३५ (पैंतीस) दिन भित्र आवश्यक प्रक्रिया ध्यान दिई आफ्नो खेतबारीको आवश्यक माटोको नमूना सङ्कलन गरी कृषि विकास शाखामा दर्ता गराउनु हुन शाखाले अनुरोध गरेको छ ।

माटोको नमूना सङ्कलन गर्दा ध्यान दिनुपर्ने कुराहरुः

क) नमूना सङ्कलन गर्दा आली, कान्ला नजिकको नमूना सङ्कलन गर्नुहुदैन, ख) हालसालै मात्र मलखाद प्रयोग गरेको ठाउँमा नमूना लिनुहुदैन,
ग) मल थुपारेको वा गाईवस्तु बाँधेको ठाउँको नमूना लिनुहुदैन,
घ) पानीको मुहान वा निकासको नजिकबाट नमूना लिनुहुदैन, ङ) ठुलो वर्षा वा पानी परेलगत्तै नमूना संकलन गर्नुहुदैन,
च) माटोको नमूनालाई प्लाष्टिक वा अन्य हावा नछिर्ने झोलामा पोका पारेर ल्याउनु पर्नेछ । नोटः
विस्तृत जानकारीको लागि ९८६९४१४९४३, ९८४३५०४०४९, ९८४००३१०७० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय